२५ प्रतिशत डाउन पेमेन्टमै पल्सर २२०एफ : शुरुमा ९८,७२५ बुझाए पुग्ने

काठमाडौं – नेपाली बजारमा सर्बाधिक लोकप्रिय मध्ये एक बाइक बजाज पल्सर २२०एफ अब २५ प्रतिशत डाउन पेमेन्टमै उपलब्ध हुने भएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो आकर्षक अफर संचालनमा ल्याएको हो ।

नेपाली बजारमा उपलब्ध बजाज पल्सर २२०एफका दुई भर्सन मध्ये नन–एबीएसको मूल्य ३ लाख २९ हजार ९ सय र एबीएसको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ छ । २२०एफ एबीएस किन्न चाहने ग्राहकले पनि शुरुमा २५ प्रतिशतले हुन आउने रकम ९८ हजार ७२५ बुझाएमा बाँकी रकम २४ महिने किस्ताको रुपमा बुझाउन सकिन्छ ।

यसका साथमा सर्भिस चार्ज, सडक कर र पहिलो महिनाको किस्ता आदि बुझाएर बाइक लैजान सकिन्छ । बजाजको नेपालभर रहेका सबै शोरुममार्फत यो स्किम अन्तर्गतको बाइक लिन सकिने कम्पनीको भनाइ छ ।

बजाजका पल्सर सिरिज नेपाली बजारमा निकै नै लोकप्रिय मानिन्छन् । ती मध्ये पनि २२०एफ एबीएस धेरैको रोजाइमा परेको पाइन्छ । यसमा भएको २२० सीसी इन्जिनले २०.४ पीएस पावर र १९.१२ एनएम टर्क जेनेरेट गर्छ । यसमा १५ लिटरको इन्धन ट्यांकी रहेको छ ।

विभिन्न आकर्षक कलरमा उपलब्ध यो बाइकमा भएका विभिन्न विशेषताका वारेमा यहाँ क्लिक गरी थाहा पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ खोज्नेलाई झ्याम्मै !

एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ खोज्नेलाई झ्याम्मै !

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज...

लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै पल्सर एन१२५

लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै पल्सर एन१२५

काठमाडाैं – नेपालमा बजाजकाे आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी...

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...