प्रोटोन एक्स७० देखियो नेपाली सडकमा, बैशाख १५ मा नेपालमा लन्च हुने

काठमाडौं – मलेसियन कार ब्रान्ड प्रोटोनको एक्स७० कार नेपाली सडकमा देखिएको छ । आगामी अप्रिल २८ अर्थात बैशाख १५ गते लन्च गर्ने घोषणा गरिएको सो कार पहिलो पटक नेपाली सडकमा देखिएको हो ।

प्रोटोन एक्स७० मलेसियामा सबैभन्दा बढी बिक्री हुने एसयूभी हो । जिप, टुसान र स्पोर्टेज जस्ता गाडीसँग प्रतिस्पर्धा गर्ने यो गाडीलाई नेपाली बजारमा शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले बिक्रीका लागि उपलब्ध गराएको हो ।

प्रोटोन एक्स७० मा इन्टरनेसनल स्ट्यान्डर्डको एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडीएएस) उपलब्ध छ, जुन केही प्रिमियम ब्रान्डमा मात्र पाउन सकिन्छ । आयातकर्ता कम्पनीले यस्तै विभिन्न फिचरको नेपाली सडकमा परीक्षण गरिरहेको अनुमान गर्न सकिन्छ ।

मलेसियामा १.८ टीजीडीआई इन्जिनमा प्रोटोन एक्स७० उपलब्ध छ । तर हामीलाई प्राप्त जानकारी अनुसार नेपाली बजारमा भने प्रोटोन एक्स७० १.५ लिटर टीजीडीआई टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध छ, जसले २५५ एनएमको टर्क जेनेरेट गर्छ । यो सेगमेन्टमै सबैभन्दा धेरै टर्क हो । त्यसैगरी भल्वो र जिलीको सहकार्यमा विकास गरिएको र यसमा भएको ७–स्पिड डीसीटी ट्रान्समिसनले थोरै सिफ्ट रेस्पोन्स टाइममै धेरै इफिसियन्सी दिन्छ । नेपाली सडकलाई उपयुक्त हुने गरी यसमा टु ह्विल र फोर ह्विल दुवै ड्राइभ अप्सन प्रयोग गर्न सकिने बनाइएको छ ।

अन्तर्राष्ट्रिय मिडिया र कम्पनीको वेबसाइटमा उल्लेख गरिए अनुसार यो गाडीमा ६ एयरब्याग, ईबीएस र बीए सहितको एबीएस, अटो हेडलाइट र वाइपर, फ्रन्ट डोर ह्यान्डलमा रहेको एक्टिभ टच सेन्सर सहितको किलेस इन्ट्री, पुस स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टम सहितको क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिकल्ली फोल्डेबल विङ मिरर, एलईडी डीआरएल सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी फगल्याम्प र १८ इन्चको अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।

यो गाडीमा ‘हाई प्रोटोन’ नामक भ्वाइस कमान्ड असिस्टेन्ट समेत हुने सम्भावना छ । यो ग्लोबल की युजर इन्टरफेस सिस्टम हो, जसको सहयोगले छानिएका भ्वाइसलाई पहिचान गर्न र त्यही अनुसारको निर्देशन पालना गर्न सक्छ । यसबाट विभिन्न इन्फोटेनमेन्ट सिस्टमलाई नियन्त्रण गर्न र केही सामान्य प्रश्नको उत्तर थाहा पाउन पनि सकिन्छ । त्यसैगरी रेडियो, सनरुफ, विन्डसिल्ड र अडियो कल आदि पनि यसैबाट नियन्त्रण गर्न सकिन्छ ।

सुरक्षाका लागि एसियन–एनसीएपीबाट प्रोटोन एक्स७० ले ५–स्टार क्र्यास टेस्ट रेटिङ पाएको छ भने मलेसियामा २०१९ कार अफ द इयर अवार्ड समेत पाएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध...

टीभीएसले पहिलो क्रुजर बाइक जुलाई ६ मा लन्च गर्दै

टीभीएसले पहिलो क्रुजर बाइक जुलाई ६ मा लन्च गर्दै

टीभीएसले जुलाई ६ मा आफ्नो आगामी बाइक लन्च गर्ने भएको छ । यद्यपि टीभीएसले...

गत साता देशभरका शोरुममा सार्वजनिक भयो टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई

गत साता देशभरका शोरुममा सार्वजनिक भयो टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई

काठमाडौं – नेपाली बजारमा गत साता टीभीएसको नयाँ मोटरसाइकल अपाचे आरटीआर १६०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...