प्रोटोन एक्स७० देखियो नेपाली सडकमा, बैशाख १५ मा नेपालमा लन्च हुने

काठमाडौं – मलेसियन कार ब्रान्ड प्रोटोनको एक्स७० कार नेपाली सडकमा देखिएको छ । आगामी अप्रिल २८ अर्थात बैशाख १५ गते लन्च गर्ने घोषणा गरिएको सो कार पहिलो पटक नेपाली सडकमा देखिएको हो ।

प्रोटोन एक्स७० मलेसियामा सबैभन्दा बढी बिक्री हुने एसयूभी हो । जिप, टुसान र स्पोर्टेज जस्ता गाडीसँग प्रतिस्पर्धा गर्ने यो गाडीलाई नेपाली बजारमा शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले बिक्रीका लागि उपलब्ध गराएको हो ।

प्रोटोन एक्स७० मा इन्टरनेसनल स्ट्यान्डर्डको एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडीएएस) उपलब्ध छ, जुन केही प्रिमियम ब्रान्डमा मात्र पाउन सकिन्छ । आयातकर्ता कम्पनीले यस्तै विभिन्न फिचरको नेपाली सडकमा परीक्षण गरिरहेको अनुमान गर्न सकिन्छ ।

मलेसियामा १.८ टीजीडीआई इन्जिनमा प्रोटोन एक्स७० उपलब्ध छ । तर हामीलाई प्राप्त जानकारी अनुसार नेपाली बजारमा भने प्रोटोन एक्स७० १.५ लिटर टीजीडीआई टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध छ, जसले २५५ एनएमको टर्क जेनेरेट गर्छ । यो सेगमेन्टमै सबैभन्दा धेरै टर्क हो । त्यसैगरी भल्वो र जिलीको सहकार्यमा विकास गरिएको र यसमा भएको ७–स्पिड डीसीटी ट्रान्समिसनले थोरै सिफ्ट रेस्पोन्स टाइममै धेरै इफिसियन्सी दिन्छ । नेपाली सडकलाई उपयुक्त हुने गरी यसमा टु ह्विल र फोर ह्विल दुवै ड्राइभ अप्सन प्रयोग गर्न सकिने बनाइएको छ ।

अन्तर्राष्ट्रिय मिडिया र कम्पनीको वेबसाइटमा उल्लेख गरिए अनुसार यो गाडीमा ६ एयरब्याग, ईबीएस र बीए सहितको एबीएस, अटो हेडलाइट र वाइपर, फ्रन्ट डोर ह्यान्डलमा रहेको एक्टिभ टच सेन्सर सहितको किलेस इन्ट्री, पुस स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टम सहितको क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिकल्ली फोल्डेबल विङ मिरर, एलईडी डीआरएल सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी फगल्याम्प र १८ इन्चको अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।

यो गाडीमा ‘हाई प्रोटोन’ नामक भ्वाइस कमान्ड असिस्टेन्ट समेत हुने सम्भावना छ । यो ग्लोबल की युजर इन्टरफेस सिस्टम हो, जसको सहयोगले छानिएका भ्वाइसलाई पहिचान गर्न र त्यही अनुसारको निर्देशन पालना गर्न सक्छ । यसबाट विभिन्न इन्फोटेनमेन्ट सिस्टमलाई नियन्त्रण गर्न र केही सामान्य प्रश्नको उत्तर थाहा पाउन पनि सकिन्छ । त्यसैगरी रेडियो, सनरुफ, विन्डसिल्ड र अडियो कल आदि पनि यसैबाट नियन्त्रण गर्न सकिन्छ ।

सुरक्षाका लागि एसियन–एनसीएपीबाट प्रोटोन एक्स७० ले ५–स्टार क्र्यास टेस्ट रेटिङ पाएको छ भने मलेसियामा २०१९ कार अफ द इयर अवार्ड समेत पाएको छ ।

सम्बन्धित समाचारहरू

सिटको उचाई ७६० एमएम हाराहारी भएका स्कुटर र तिनको मूल्य

सिटको उचाई ७६० एमएम हाराहारी भएका स्कुटर र तिनको मूल्य

सहरका भीडभाड भएका सडकमा आरामसँग स्कुटर चलाउन सकिने भएकोले यसको माग बढी छ ।...

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

नयाँ शैली, नयाँ सुविधा सहित टीभीएस स्ट्राइकर १२५ भाेलि मेलामा सार्वजनिक हुँदै

नयाँ शैली, नयाँ सुविधा सहित टीभीएस स्ट्राइकर १२५ भाेलि मेलामा सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा टीभीएसकाे आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...