प्रोटोनको शोरुम अब नारायणघाटमा, शोरूमको शुभारम्भसँगै अगाडि बढायो विस्तारको गति

चितवन - देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गतको नेपालकै प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले नारायणघाट, चितवनमा आफ्नो नयाँ थ्रीएस शोरूम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ । यो शुभारम्भले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताएको छ ।

भव्य उद्घाटन समारोहका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे, र उद्योगपति तथा समाजसेवी बल गोपाल चुके रहेका थिए । साथै, विभिन्न गण्यमान्य व्यक्तित्वहरू, प्रोटोन ईमासका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रोटोन ईमास ७ को प्रदर्शन र ग्राहकसँगको अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो ।

नयाँ शोरूमले एकै स्थानमा विक्री, सेवा र वास्तविक स्पेयर पार्ट्स सहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्वसहितको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले प्रोटोन ईमासको नेपालका ग्राहकहरूलाई सहज, भरपर्दो र सन्तोषजनक विद्युतीय यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काएको छ ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने- 'नारायणघाट शोरूम हाम्रो प्रयासको परिणाम हो, जसले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहकको नजिक ल्याउँछ । चितवनको तीव्र विकसित शहरी परिवेश र वातावरणप्रति सचेत ग्राहकहरूले यो स्थानलाई विद्युतीय यातायातको केन्द्र बनाउने विश्वास हामीले लिएका छौं ।'

नारायणघाट शाखा थपिएसँगै, प्रोटोन ईमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका वचनलाई पुरा गर्दै नेपालभर आफ्नो सञ्जाललाई अझ सुदृढ बनाएको बताएको छ । ब्रान्डले हरेक ग्राहकले विश्वस्तरीय ईभी स्वामित्वको अनुभव दिने लक्ष्यका साथ विद्युतीय यात्राको भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धता जारी राखेको छ ।

सम्बन्धित समाचारहरू

प्रतिबन्धको असर : असारमा सबैभन्दा कम २९ करोडको कार आयात

प्रतिबन्धको असर : असारमा सबैभन्दा कम २९ करोडको कार आयात

काठमाडौं – सरकारले १ हजार ५ सय सीसी भन्दा बढी क्षमताका कार, जिप र भ्यानको...

नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा, यी ब्राण्ड हुँदैछन् सहभागी

नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा, यी ब्राण्ड हुँदैछन् सहभागी

काठमाडौं– नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा देखिने भएको छ । भदौ...

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...