देखियो प्रोटोन सागा सेडानको २०२२ मोडल, नयाँ अलोय ह्विल्स र किलेस इन्ट्री थप

मलेशियन अटो निर्माता कम्पनी प्रोटोनले आफ्नो लोकप्रिय सेडान कार सागाको नयाँ मोडल सामाजिक सञ्जालमा देखिएको छ । यसै महिनाको अन्तिम सम्ममा लन्च गर्ने तयारी भैरहेको यो कारको लुक्स र फिचर्समा केही परिमार्जन गरिएको छ ।

यो नयाँ मोडलमा प्रोटोनले मल्टि स्पोक डुअल टोन अलोय ह्विल्स थप गरेको छ । पुरानो मोडलमा दिइएको ट्विन फाइभ स्पोक डिजाइनलाई प्रतिस्थापन गर्दै १५ इन्चको यो नयाँ अलोय ह्विल्स थप गरिएको हो । जसले कारको लुक्समा नयाँ पन दिएको देख्न सकिन्छ । यसको अतिरिक्त यो नयाँ मोडलमा अन्य विभिन्न वडी किट समेत थप गरिएको छ ।

फिचर्सको कुरा गर्नुपर्दा यो कारमा किलेस इन्ट्री, नम्वर प्लेट ट्रिममा व्ल्याक फिनिसिङ र व्ल्याक साइड मिरर क्याप थप गरिएको छ । यी फिचर्सलाई टप भेरिएन्टमा मात्र दिइएको हो । यो कारको फ्रन्टलाई हाल कारोबार भैरहेको मोडलको तुलनामा पृथक देखाउनका लागि लोगो र एलइडी डे टाइम रनिङ लाइटमा समेत परिमार्जन गरिएको छ ।

पुरानै मोडलमा दिइएको १.३ लिटर पेट्रोल इन्जिनलाई निरन्तरता दिइएको यो कारले ९५ पीएस पावर र १२० एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । यो कार ४ स्पिड टर्क कन्भर्टर अटोमेटिक र ५ स्पिड म्यानुअल दुबै भर्सनमा आउनसक्ने अनुमान लगाइएको छ ।

प्रोटोन सागा नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । अटोमेटिक र म्यानुअल दुबै ट्रान्समिसनमा उपलब्ध यो कारको मूल्य अटोमेटिकलाई ४२ लाख ९९ हजार र म्यानुअललाई ३७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपाली बजारका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले यो कार आयात गरी कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

सरकारले ल्याएको प्रतिस्थापन विधेयकले बढायो मोटरसाइकलमा कर, बढ्ने भयो मूल्य

सरकारले ल्याएको प्रतिस्थापन विधेयकले बढायो मोटरसाइकलमा कर, बढ्ने भयो मूल्य

काठमाडौं – सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमार्फत्...

टीभीएस एन्टर्क स्कुटरमा अब नेपाली टायर प्रयोग गर्न सकिने, आयो डेल्टा ब्रान्डको नेपाली टायर

टीभीएस एन्टर्क स्कुटरमा अब नेपाली टायर प्रयोग गर्न सकिने, आयो डेल्टा ब्रान्डको नेपाली टायर

नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि...

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने, यस्तो हुनेछ विशेषता

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने, यस्तो हुनेछ विशेषता

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा लन्च हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...