यी हुन् प्रोटोन ईमास ७ का प्रमुख प्रतिस्पर्धी (मूल्य सहित)

मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय एसयुभी ईमास ७ औपचारिक रुपमा लन्च भएकाे छ । मूल्य र फिचर यसअघि नै सार्वजनिक गरेर बुकिङ सुरु गरेको बिक्रेता कम्पनी जगदम्बा मोटर्सले एक कार्यक्रम आयोजना गरी बिक्री थालेकाे हाे।

प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध सो नयाँ ईभीमा क्रमश ४९.५२ र ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसको रेन्ज ३४५ र ४१० किलोमिटर दाबी गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा जिलीको ग्यालेक्सी ई५ नामले बिक्री हुँदै आएको यस नयाँ कारमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ ।

यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा उपलब्ध छन् । साथै, १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गाडीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने उल्लेख गरिएको छ ।

जगदम्बा मोटर्सले प्राइम भेरिएन्टको ५६ लाख ९९ हजार र प्रिमियम भेरिएन्टको ६७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिसकेकोमा पछिल्लो समय मूल्य घटाउन प्रतिस्पर्धा चलेका कारण संभवत ईमास–७ को मूल्यमा समेत केही परिमार्जन हुने अनुमान गर्न सकिन्छ ।

यी ईभीसंग प्रतिस्पर्धा
निकै नै प्रतिस्पर्धात्मक सेग्मेन्टमा आएको ईमास ७ ले नेपाली बजारमा निकै ठूलो प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिएको छ । बजारमा स्थापित भैसकेका बीवाईडी एट्टो ३ र ओमोडा ई५ देखी हालै बिक्री सुरु भएका जीएसी एवोन भी, टाटा कर्भ र एमजी एस५ ईमास ७ का प्रतिस्पर्धी हुन् ।

प्रोटोन ईमास ७ को सबैभन्दा ठूलो प्रतिस्पर्धीका रुपमा बीवाईडी एट्टो ३ लाई लिन सकिन्छ । यी दुई ईभीको ब्याट्री प्याक र मुल्य समेत लगभग उस्तैउस्तै छ । ४९.९२ र ६७.८० किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध एट्टो ३ को मूल्य ५६ लाख ९० हजार र ६७ लाख ८० हजार निर्धारण गरिएको छ । जुन ईमास ७ को तुलनामा केही सस्तो समेत पर्छ । विद्युतीय एसयूभीमा निकै राम्रो पकड बनाएको र ईभी इकोसिस्टम समेत तयार भैसकेका कारण बीवाईडी एट्टो ३ को बजार स्थापित भैसकेको छ ।

यसैगरी, प्रोटोन ईमास ७ को प्रस्पिर्धीका रुपमा हेरिएको ओमोडा ई५ मा ६१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसको सुरुवाती मूल्य ६१ लाख ९९ हजार रुपैयाँ पर्छ । ओमोडा, नेपाल आएको एक वर्ष पुरा भएको अवसरमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ३ लाख नगद छुट सहित २ लाख १५ हजार रुपैयाँ बरावरको अतिरिक्त लाभ दिएका कारण ई५ झनै सस्तो भएको छ ।

अर्को ईभी ब्रान्ड जिएसीको एवोन भी मोडल समेत ईमास ७ को प्रतिस्पर्धी हो । ६२.७ र ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध एवोन भीको मूल्य ६५ लाख र ७० लाख निर्धारण गरिएको छ । ब्याट्री प्याकका आधारमा एवोन भी यहि सेग्मेन्टका अन्य ईभीको तुलनमा केही मजबुत देखिन्छ ।

टाटा मोटर्सले हालै लन्च गरेको कर्भ ईभीले पनि प्रोटोन ईमास ७ लाई टक्कर दिने देखिन्छ । कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसको मूल्य ५७ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, हालै नेपाल आएर बिक्री सुरु भएको एमजी एस५ को लङ रेन्ज भेरिएन्टलाई पनि ईमास ७ को प्रतिस्पर्धीकाे रुपमा लिन सकिन्छ । एमजी एस५ को लङ रेन्ज भेरिएन्टमा ६२.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने यसको मूल्य ५५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेटा भी VS नेक्सन ईभी : कुन विशेषतामा कुन अगाडि ?

नेटा भी VS नेक्सन ईभी : कुन विशेषतामा कुन अगाडि ?

१ सय किलोवाट भन्दा कम क्षमता भएको मोटर जडित इलेक्ट्रिक कारमा अहिले टाटा...

चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने

चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने

ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...

इलेक्ट्रिक सवारी साधनमा हुने रिजेनेरेटिभ ब्रेकिङ सिस्टम के हो ? यसले कसरी काम गर्छ ?

इलेक्ट्रिक सवारी साधनमा हुने रिजेनेरेटिभ ब्रेकिङ सिस्टम के हो ? यसले कसरी काम गर्छ ?

कारको ब्रेक प्याडल थिच्दा हाइड्रोलिक ब्रेक प्याडले प्रत्येका पांग्रामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...