प्रोटोन ई–मास ७ को ग्लोबल लन्च, नेपालमा पनि आउने

प्रोटोन ब्रान्डको ई–मास ७ ईभीको ग्लोबल लन्च मलेसियामा भएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमद्वारा सार्वजनिक गरिएको सो ईभी मलेसियाकै पहिलो ईभी समेत हो । नेपाली बजारमा समेत उपलब्ध हुने घोषणा गरिएको सो ईभी नेपाल वाहेक ट्रिनिडाड एन्ड टोबागो, सिंगापुर र मौरिससमा समेत लन्च हुनेछ ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो ईभी आगामी सन् २०२५ को पहिलो क्वाटरमा नेपाली बजारमा उपलब्ध हुने बताएको छ । हाल जगदम्बा मोटर्सले प्रोटोनका अन्य मोडल समेत नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ ।

प्रोटोन ई–मास ७ ले एसियन एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ । यो गाडीले समग्रमा ९२.५७ स्कोर पाएको छ ।

ई–मास ७ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसमा क्रमशः ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ, जुन हाल प्रचलित एलएफपी ब्याट्रीको नयाँ जेनेरेसन हो । यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

प्राइममा रिमोट कन्ट्रोल र लेभल टु एडीएएस लगायतका फिचर छन् भने प्रिमियममा विन्डशिल्ड हेड–अप डिस्प्ले र फ्रन्ट भेन्टिलेटेड सिट लगायतका विभिन्न विशेषता छन् ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा प्रभाव वढाउँदै चिनियाँ ब्रान्ड, के होला भविष्य

नेपाली बजारमा प्रभाव वढाउँदै चिनियाँ ब्रान्ड, के होला भविष्य

पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...

यस्तो छ नेपाली बजारमा उपलब्ध लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटरको मूल्य सूची

यस्तो छ नेपाली बजारमा उपलब्ध लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटरको मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटरको...

अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...