प्रोटोन ई–मास ७ को ग्लोबल लन्च, नेपालमा पनि आउने

प्रोटोन ब्रान्डको ई–मास ७ ईभीको ग्लोबल लन्च मलेसियामा भएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमद्वारा सार्वजनिक गरिएको सो ईभी मलेसियाकै पहिलो ईभी समेत हो । नेपाली बजारमा समेत उपलब्ध हुने घोषणा गरिएको सो ईभी नेपाल वाहेक ट्रिनिडाड एन्ड टोबागो, सिंगापुर र मौरिससमा समेत लन्च हुनेछ ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो ईभी आगामी सन् २०२५ को पहिलो क्वाटरमा नेपाली बजारमा उपलब्ध हुने बताएको छ । हाल जगदम्बा मोटर्सले प्रोटोनका अन्य मोडल समेत नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ ।

प्रोटोन ई–मास ७ ले एसियन एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ । यो गाडीले समग्रमा ९२.५७ स्कोर पाएको छ ।

ई–मास ७ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसमा क्रमशः ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ, जुन हाल प्रचलित एलएफपी ब्याट्रीको नयाँ जेनेरेसन हो । यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

प्राइममा रिमोट कन्ट्रोल र लेभल टु एडीएएस लगायतका फिचर छन् भने प्रिमियममा विन्डशिल्ड हेड–अप डिस्प्ले र फ्रन्ट भेन्टिलेटेड सिट लगायतका विभिन्न विशेषता छन् ।

सम्बन्धित समाचारहरू

बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई

बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई

बीवाईडीले पहिलो पटक एक महिनामै ५ लाख भन्दा बढी युनिट कार बिक्री गर्न सफल...

चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता, पछि प-यो जापान

चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता, पछि प-यो जापान

जापान – जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को...

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

काठमाडौं – इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...