पाकिस्तानमा जेटोर टी२ को उच्च माग, बुकिङ खुलेको केहि दिनमै १ हजार भन्दा बढि अर्डर
काठमाडौं–चीनको सबैभन्दा बढी रुचाइएको र तीव्र रूपमा बजार विस्तार गरिरहेको...
जेएसडब्लू एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार एमजी विन्डसर ईभी लन्च गरेको दुई वर्षभन्दा कम अवधिमै ७५ हजार युनिट बिक्री गरेको घोषणा गरेको छ। सन् २०२६ को पहिलो ६ महिनामा मात्रै सो मोडलको १९ हजारभन्दा बढी युनिट बिक्री भएका थिए ।
कम्पनीका अनुसार एमजी विन्डसर ईभीलाई एबीसी कन्सेप्टमा विकास गरिएको हो। यसको मूल्य ए सेगमेन्टका साना कारसरह राखिएको छ भने एक्टेरियर बी सेगमेन्टको सवारीसँग मिल्दोजुल्दो छ। साथै, यसको भित्री केबिनको फराकिलोपन सी-सेगमेन्टका कारसरह भएकाले पारिवारिक प्रयोगका लागि निकै उपयुक्त मानिएको छ।
एमजी विन्डसर ईभी ब्याट्री एज अ सर्भिस योजनाअन्तर्गत पनि खरिद गर्न सकिन्छ। सो योजनामा गाडीको प्रारम्भिक मूल्य ९ लाख ९९ हजार भारु तोकिएको छ भने ब्याट्री प्रयोगबापत प्रतिकिलोमिटर ३ रुपैयाँ ९० पैसा भारु छुट्टै शुल्क तिर्नुपर्ने व्यवस्था छ। यसमा जडान गरिएको इलेक्ट्रिक मोटरले १३६ पीएस पावर र २०० एनएमको टर्क उत्पादन गर्छ।
सो इलेक्ट्रिक कारमा ३८ किलोवाट आवर र ५२.९ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। ३८ किलोवाट आवर ब्याट्रीले फुल चार्जमा ३३२ किलोमिटर र ५२.९ किलोवाट आवर ब्याट्रीले ४४९ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
गाडीको क्याबिनमा १३५ डिग्रीसम्म पछाडि झुकाउन मिल्ने एयरो लाउन्ज सिट, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फ्लेट फ्लोर, ठुलो ग्लास एरिया र विभिन्न प्रिमियम फिचर समावेश गरिएको छ ।
एमजी मोटरले विन्डसर ईभीमा स्थानीय रूपमा उत्पादन हुने सामग्रीको हिस्सा ७० प्रतिशतसम्म पुर्याउने योजनामा पनि काम गरिरहेको जनाएको छ। यसले उत्पादन लागत घटाउनुका साथै बिक्रीलाई थप गति दिने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...