आर्थिक बर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आयो नाडाको यस्तो धारणा
काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्वारा हालै संघीय संसदमा...
काठमाडौं – अटो व्यवसायीहरुले आयात प्रतिबन्धले व्यवसाय धरापमा परेको भन्दै सुरु गरेको दबाबमूलक आन्दोलनको नाराले उनीहरुको सामाजिक सञ्जाल भरिन थालेका छन्।
सबै अटो व्यवसायीले फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा प्रोफाइल पिक्चर आन्दोलनका नारालाई बनाएका छन्। अटो व्यवसायीहरुले आयात प्रतिबन्ध खुलाउन पर्ने भन्दै विभिन्न माग राखेर आन्दोलन सुरु गरेका हुन्।
यतिखेर उनीहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा नाराहरु राखी सरकार र राष्ट्र बैंक विरुद्ध विरोध गरिरहेका छन्। अहिले यही नाराहरुले उनीहरुको सामाजिक सञ्जाल भरिएका छन्।
व्यवसायीले ब्याजदर नियन्त्रण, ५० प्रतिशत नगद मार्जिन घटाउने, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज तथा मौद्रिक नीति परिमार्जन लगायतका विषय समेटेर ब्यानर बनाएका छन्। जसमा गरी खान देउ, व्यापार व्यवसाय बन्द गरेर विदेश गएर बस भनेको, देशमा सरकार त छ, गाडी आयात फुकुवा गर, बैंकले गरेको बदमासीको सजाय व्यापारीलाई किन, चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर जस्ता नारा बनाएर व्यवसायीहरु अन्दोलन गरिरहेका छन्।
यसैगरी जसले कर तिरेको छ उसैलाई पेल्ने÷ हेप्ने, जनताले सबै नियम÷कानुन मान्नु पर्ने सरकारी निकायले कहिले जवाफदेही हुनु नपर्ने, ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, ब्याजदर नियन्त्रण गर लगायतका मागहरु राखेर आन्दोलन गरिरहेका छन्।
त्यसपछि उनीहरुले आफू चढ्ने गाडीहरुमा पनि उक्त नाराहरु टासेर हिड्ने छन्। नाराहरूलाई ब्यानर बनाएर आफ्नो सोरुममा टास्ने कार्यक्रम समेत रहेको व्यवसायीहरुको भनाइ छ ।
काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्वारा हालै संघीय संसदमा...
काठमाडौँ – तीन वर्षपछि आयोजना हुन लागेको नाडा अटो शो विगतको भन्दा फरक...
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उत्पादकत्व...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...