यसरी जित्न सकिन्छ यामाहा मोटरसाइकल वा स्कुटर किन्दा आइफोन १४ र अन्य धेरै पुरस्कार

नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ । “पावर अफ फाइभ” योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ ।

त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्ड मार्फत १ लाख रुपैयाँ सम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड जित्ने मौका पाउनेछन्। यो योजना आर१५, एमटी१५ र फेसिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुनेछ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी yamahapowerof5.com मा गएर वा क्युआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन्। सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन्।

ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाख रुपैयाँ सम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन उनीहरूले आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन् ।

एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्री भन्छन्, “हामी २०८० को लागि “पावर अफ फाइभ” अफर सुरु गर्न पाउँदा रोमाञ्चित छौं । यो योजना ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्न ल्याइएको हो । हामी हाम्रो “पावर अफ फाइभ” नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं ।”

यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ ।

साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिनेछ । देशका सबै आधिकारिक शोरूमहरूमा यो अफर उपलब्ध हुनेछ ।

यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद पनि गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

बल्खुमा खुल्यो यामाहा शोरुम रिशिक अटोमोबाइल्स

बल्खुमा खुल्यो यामाहा शोरुम रिशिक अटोमोबाइल्स

काठमाडौं – बल्खुमा यामाहा मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम रिशिक...

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

काठमाडौं – भृकुटीमन्डपमा जारी यामाहा महा एक्सचेन्ज मेला आज पाँचौ दिनमा...

आर१५ को इन्जिन राखेर यामाहाले ल्याउने भयो आरएक्स१५५

आर१५ को इन्जिन राखेर यामाहाले ल्याउने भयो आरएक्स१५५

जापजिन टु ह्विलर यामाहाले आफ्नो लोकप्रिय सिरिज आरएक्सलाई पुन बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...