यी ५ फिचर यसरी प्रयोग गर्न सकिन्छ यामाहाको कनेक्ट एक्स फिचर सहितको यो स्कुटरमा

काठमाडौँ— यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५–२१ सम्म आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।

यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएन्ंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रे जेडआर–१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ ।

‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार रेजेड आर सामान्यतः प्रतिलिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३, हजार रुपियाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउँने कम्पनीको ठहर छ । उक्त स्कुटरको उच्चतम फ्यूल इफिसिएन्ंसी लिखितमा मात्र दाबी नगरी कम्पनीले नियमित रूपमा र्याली आयोजना गर्ने गरेको बताएको छ ।

स्मार्ट “कनेक्ट–एक्स” फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले “गुगल प्ले स्टोर” र “एप्पल” को फोन प्रयोग गर्ने चालकले “एप्पल”को “एप स्टोर” मार्फत यामाहाको “कनेक्ट–एक्स” एप डाउनलोड गरी उक्त एपमार्फत आफ्नो मोबाइल फोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार “कनेक्ट–एक्स” एक्टिभेट गरेपछि चालकहरूले निम्न पाँच सुविधाहरू प्राप्त गर्न सक्नेछन् ः

१. “लोकेट माइ भिएकल” मार्फत् चालकले सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्नेछन् ।

२. “हजार्ड” फिचरमार्फत् आकस्मिक अवस्थाको बेला स्कुटरको चारै वटा इन्डिकेटरहरू बाली अन्य चालकहरूलाई सूचित गर्न सक्नेछन् ।

३. “राइडिङ हिस्ट्री” मार्फत् स्कुटरसँग गरिएको प्रत्येक यात्राको विवरण हेर्न सक्नेछन् ।

४. “पार्किङ रेकर्ड” मार्फत स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सक्नेछन् ।

५. स्कुटर लोकेट गर्न नसकिएको अव्स्थामा “एन्सर ब्याक” फिचर सेलेक्ट गर्दा स्कुटरको “इन्डिकेटर” र “हर्न” क्रमशः बल्ने र बज्ने भएकोले स्कुटर सजिलै ‘लोकेट’ गर्न सक्नेछन् ।

गत वर्ष बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको अल न्यू रेजेड आर १२५ फ्युल–इन्जेक्टेड (एफआई) र भारत स्टायाण्डर्ड ०६, एयर–कुल्ड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको स्कुटर हो । जसले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ ।

“काठमाडौँ रेजियर्स” फुटबल क्लबको टाइटल स्पन्सर समेत रहेको उक्त स्कुटर “कनेक्ट –एक्स” फिचरपश्चात पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचारहरू

हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण

हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण

काठमाडौँ – नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ...

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस,...

प्रतीक्षामा यामाहा एफजेड–एक्स नियो–रेट्रो मोटरसाइकल

प्रतीक्षामा यामाहा एफजेड–एक्स नियो–रेट्रो मोटरसाइकल

यामाहा मोटर इन्डियाले छिट्टै नै भारतमा नयाँ एफजेड–एक्स नियो–रेट्रो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...