प्रो होन्डा जेन्युइन इन्जिन आयल अब नेपालमा

काठमाडौं – नेपालका लागि होन्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा प्रो होन्डा जेन्युइन इन्जिन आयललाई नयाँ ग्लोबल होन्डा ब्रान्डको रुपमा भित्र्याई बिक्री–वितरण शुरु गरेको छ ।

होन्डा मोटर कम्पनीले मोटरसाइकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि विकसित आधुनिक र विश्वस्तरीय यो इन्जिन आयल ब्रान्डको उद्देश्य होन्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेन्युइन इन्जिन आयल सुबिधा पु¥याउनु भएको कम्पनीको भनाइ छ ।

प्रो होन्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदूषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ । यसको नयाँ प्रविधिले इन्जिन भित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ । यति मात्र होइन, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु अझ बढाउँछ ।

स्याकार ट्रेडिङ कम्पनीका अनुसार, प्रो होन्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ। इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होन्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको बताएको छ।

प्रो होन्डा आयल विभिन्न गुणस्तरीय भेरिएन्टहरूमा उपलब्ध छन् । यसमा १०डब्लु३० एमए नेपाल १ लिटर, त्यसपछि १०डब्लु३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५डब्लु३० एमए नेपाल ०.६ लिटर, साथै ५डब्लु३० एमबी नेपाल १ लिटर, र अन्तमा होन्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १०डब्लु३० रहेका छन्।

सो नयाँ र गुणस्तरीय उत्पादनको लन्चसँगै होन्डाले नेपालका सवारी साधनधनीहरुलाई उत्कृष्ट आयलको अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दाहो¥याएको छ । ‘प्रो होन्डा आयल’ ले नेपाली बजारमा सवारी साधनको इन्जिनमा सुधार ल्याउने र ग्राहकहरुको बिश्वास जित्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डा हाइनेस सीबी ३५० डीएलएक्स सोल्ड आउट, अब बुकिङ गर्नेले एक महिना पर्खिनु पर्ने

होन्डा हाइनेस सीबी ३५० डीएलएक्स सोल्ड आउट, अब बुकिङ गर्नेले एक महिना पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको होन्डाको हाइनेस सीबी ३५० बाइकको...

होन्डाले सार्वजनिक ग-यो लाइट एड्भेन्चर मोडल सीबी२००एक्स, हर्नेट १८० भन्दा केही महंगो

होन्डाले सार्वजनिक ग-यो लाइट एड्भेन्चर मोडल सीबी२००एक्स, हर्नेट १८० भन्दा केही महंगो

होन्डाले इन्ट्री लेवल क्रसओभर बाइक होन्डा सीबी२००एक्स भारतमा लन्च गरेको छ...

२०० सीसी सेग्मेन्टमा होन्डा हर्नेटको मूल्य १ लाख बढीले महंगो, यस्तो छ प्रतिस्पर्धी ब्रान्डको अवस्था

२०० सीसी सेग्मेन्टमा होन्डा हर्नेटको मूल्य १ लाख बढीले महंगो, यस्तो छ प्रतिस्पर्धी ब्रान्डको अवस्था

पावरफुल सेग्मेन्टका बाइकमा राइडरहरुको रुचि बढ्दै गएपछि टु ह्विलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...