पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष पश्चात फेरि बढ्यो

काठमाडौं – २०७७ सालमा पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष २०७८ पश्चात फेरि बढेको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजका बाइकको मूल्यमा ४ हजार रुपैयाँ सम्मले वृद्धि गरेको छ ।

सबैभन्दा थोरै अर्थात १ हजार रुपैयाँ डिस्कभर ड्रम भेरिएन्टमा बढाइएको छ । त्यसैगरी प्लाटिना, पल्सर एनएस २०० एबीएस, पल्सर १५० टीडी, पल्सर १५०, पल्सर एनएस १६०, पल्सर २२० एफ, डिस्कभर डिस्क, डिस्कभर एसटी, एभेन्जर २२० र एभेन्जर स्ट्रिट १६० मा ३ हजार रुपैयाँको दरले मूल्य वृद्धि गरिएको छ ।

त्यसैगरी पल्सर एनएस २०० एफआई–एबीएस, पल्सर १२५, डोमिनार २५० र डोमिनार ४०० को मूल्य ४ हजार रुपैयाँको दरले बढाइएको छ ।

नेपाली बजारमा उपलब्ध बजाज बाइक र तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नक्कली स्पेयर पार्ट्स बढेको भन्दै बजाजले ल्यायो ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान

नक्कली स्पेयर पार्ट्स बढेको भन्दै बजाजले ल्यायो ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान

काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड...

बर्दियाको गुलरियामा खुल्यो बजाजको नयाँ शोरुम

बर्दियाको गुलरियामा खुल्यो बजाजको नयाँ शोरुम

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द...

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...