बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
मोटरहेड बाइकको नेपालस्थित आधिकारिक बितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ३ वटा मोडलका बाइकको मुल्य बढाएको छ । स्क्राम्ब्लर २५०, एमएच २०० र टेक्कन २५० मोडलका बाइकमा थोरै रकमले मुल्य बृद्धि भएको कम्पनीका बिजनेश हेड उज्वल जोशीले बताए । यी बाइकमा क्रमश ५ हजार र ३÷३ हजारले मुल्य बढेको उनको भनाई छ ।
यसअघि स्क्राम्ब्लर २५० को मुल्य ४ लाख ५० हजार रहेकोमा हाल नयाँ मुल्य ४ लाख ५५ हजार कायम गरिएको छ भने एमएच २०० को ३ लाख ७२ हजारलाई बढाएर ३ लाख ७५ हजार पु¥याइएको छ । त्यसैगरी टेक्कन २५० को यसअघिको ३ लाख ९२ हजारलाई बढाएर ३ लाख ९५ हजार पु¥याइएको छ । अन्य मोडलका हकमा भने पुरानै मुल्य कायम गरिएको जोशीले बताए । चीनियाँ बजारमा नै यी बाइकको मुल्य बढेका कारण आफूहरुले नेपालमा समेत मुल्य बढाउनु परेको उनको भनाई छ ।
मोटरहेडका यी ३ बाइक सहित ७ वटा मोडल नेपाली बजारमा उपलव्ध छन् । अन्य मोडलमा मोटरहेड स्पोर्टस अफरोड टयर, स्पोर्टस् रोड टायर, एक्स टर्क र एमएच १५० आर छन् । यी मोडलको मुल्य क्रमशः३ लाख ६० हजार, ३ लाख ६५ हजार, ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ ।
पछिल्लो समय नेपाली बजारमा मोटरहेड बाइकको बजार बिस्तार भइरहेको छ । हाल देशका १४ स्थानमा शोरुम स्थापना भएका छन् भने ती मध्ये १२ वटा थ्री एस सर्भिस सहितका शोरुम हुन् । अन्य स्थानमा समेत शोरुम बिस्तार गर्ने योजनाका साथ कम्पनी अघि बढेको जोशीले बताए । युवा पुस्तामाझ लोकप्रिय बनिरहेको मोटरहेडका टेक्कन र स्क्राम्ब्लर सर्बाधिक लोकप्रिय मोडल हुन् । यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससंग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि बिभिन्न बित्तिय संस्थाहरुले सहकार्य गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...