स्मार्ट प्रविधि, असावधान बानी : मोबाइलमा ध्यान, सडकमा दुर्घटना
स्मार्टफोन आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । सञ्चार, शिक्षा, बैंकिङ,...
काठमाडौं-काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि ट्राफिक प्रहरीले कडाइ गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा नियम मिच्ने १ हजार १५१ वटा सवारी साधन तथा चालकहरू कारबाहीमा परेका छन्।
कार्यालयका अनुसार साउन ९ गते बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै अन्य विभिन्न ट्राफिक कसुरमा ७३७ जना कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८७ जना तथा लेन अनुशासन उल्लंघन गर्ने ८७ जनालाई पनि कारबाही गरिएको छ।
यसैगरी, एकतर्फी (वन–वे) नियम उल्लंघन गर्ने ३४ जना, रातो बत्ती (रेड लाइट) उल्लंघन गर्ने ३२ जना, हर्नको दुरुपयोग गर्ने ३३ जना, अवस्था ठीक नभएका २१ वटा सवारी तथा यान्त्रिक कारणले ७ वटा सवारी साधनमाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित रूपमा निगरानी र कारबाही अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै सबै चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...