टिभिएस रेडर बन्यो यो वर्षको ‘इन्डियन मोटरसाइकल अफ दि इयर’
टिभिएस रेडरले यो बर्षको इन्डियन मोटरसाइकल अफ दि इयर अवार्ड हात पारेको छ ।...
आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले २ सय सीसी बढी क्षमताका मोटरसाइकलमा भारी मात्राले भन्सार र अन्तःशुल्क थप गरेपछि अहिले बिक्रेता कम्पनीहरुले बढेको मूल्य सहित धमाधम नयाँ मूल्य सूची सार्वजनिक गरिरहेका छन् । हालसम्म बजाज, होन्डा, केटीएम, रोयल इन्फिल्ड र क्रसफायरले नयाँ मूल्य सूची सार्वजनिक गरिसकेका छन् भने अन्य ब्रान्डले समेत छिट्टै मूल्य बढाउने तयारी गरिरहेको बताएका छन् ।
यो सेग्मेन्टमा २०० देखि २५० सीसी सम्म २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ भने २५१ देखि ५०० सीसी सम्म भन्सार ४० प्रतिशत र अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएको छ । जसअनुसार यो नयाँ कर संरचनाले हिरो बाहेक प्रायः सम्पूर्ण ब्रान्डका मोटरसाइकलको मूल्य बढाउने देखिन्छ । हिरोको हकमा भने सबै मोडल २०० सीसी भन्दा कम क्षमतामा मात्र उपलब्ध भएका कारण अहिलेको बजेटले उसलाई कुनै असर नपर्ने देखिएको हो ।
बजेट सार्वजनिक भए लगत्तै बजाज मोटरसाइकलको नेपालका लागि अािधकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यो सेग्मेन्टमा सबैभन्दा चल्तिको बाइक बजाज २२० एफको मूल्य २० हजार र एभेन्जर क्रुजमा ३ हजार रुपैयाँ वृद्धि गरिसकेको छ ।
यसैगरी होन्डाँंग उपलब्ध सीबी ३५० आरएस र हाइनेस सीबी ३५० मोडलको मूल्य समेत भारी मात्राले वृद्धि भएको छ । होन्डा सीबी हाइनेस ३५० डीएलएक्सको मूल्य पहिले ७ लाख ७५ हजार रहेकोमा अब ८ लाख ४८ हजार ९ सय पुगेको छ भने सीबी ३५० आरएसको मूल्य पहिले ७ लाख ९८ हजार ९ सय रहेकोमा अब ८ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ । होन्डाले यी बाइकको मूल्य क्रमशः १ लाख र ७४ हजार रुपैयाँ वृद्धि गरेको हो । यी बाइक पछिल्लो समय निकै नै लोकप्रिय बनिरहेका थिए ।
केटीएमले पनि ड्युक २०० र २५० मोडलको मूल्य वृद्धि गरेको छ । यी बाइकमा क्रमशः २० हजार र ८० हजार रुपैयाँ वृद्धि गरिएको हो । उता रोयल इन्फिल्डको नयाँ बिक्रेता अल्फा अटोमोटिभ्सले वृद्धि भएको मूल्य सहित नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । तत्कालका लागि क्लासिक ३५० र मेटियर मोडल मात्र उपलब्ध गराउने योजना बनाएको यो कम्पनीले यी बाइकको मूल्य यसअघिको तुलनामा १ लाख रुपैयाँ भन्दा बढीले महंगो बनाएको छ ।
यसैगरी क्रसफायरले पनि तीनवटा मोडलको मूल्यमा भारी मात्राले वृद्धि गरेको छ । नयाँ मूल्य सूची अनुसार यसको आरएम २५० मा १ लाख ४० हजार, एचजे २५० मा १ लाख र ट्रेकर २५० मा ३५ हजार रुपैयाँ वृद्धि भएको छ ।
यो सेग्मेन्टमा उपलब्ध यामाहा एफजेड २५०, फेजर र आर३ जस्ता मोडलको मूल्य हालसम्म वृद्धि नभएका कारण ग्राहकले नयाँ मूल्य सार्वजनिक नहुन्जेलसम्म पुरानै मूल्यमा खरिद गर्न सक्नेछन् ।
यसैगरी टीभीएस अपाचे आरआर ३१०, सुजुकी जिक्सर २५० र जिक्सर एसएफ २५० को पनि हालसम्म मूल्य वृद्धि गरिएको छैन । २५० सिसी माथिका मोटरसाइकल मात्र आयात गरी करोबार गर्दै आइरहेका जावा र बीएमडब्लु ब्रान्डका सबैजसो मोडलमा ४० प्रतिशत अन्तःशुल्क र १० प्रतिशत भन्सार वृद्धि हुने हुँदा यी मोटरसाइकलमा झन्डै ५० प्रतिशत हाराहारीले मूल्य वृद्धि हुने आँकलन गरिएको छ । यी बाइकलाई पनि ग्राहकले तत्कालका लागी पुरानै मूल्यमा खरिद गर्न सक्नेछन् ।
यी वाहेक डर्ट बाइकमात्र आयात गरी कारोकार गरिरहेका क्रसएक्स र हार्टफोर्ड लगायत अन्य ब्रान्डका मोटरसाइकलको मूल्य समेत वृद्धि हुने छ । यसरी मूल्य वृद्धि हुने ब्रान्डमा मोटरहेड, टारो, जोङसेन र सीएफ मोटोका अधिकांश मोडलहरु समेत सामेल हुनेछन् । यी ब्रान्डले हालसम्म मूल्य वृद्धि भएको जानकारी नदिएका कारण पुरानै मूल्यमा खरिद गर्न सक्ने देखिएको छ ।
टिभिएस रेडरले यो बर्षको इन्डियन मोटरसाइकल अफ दि इयर अवार्ड हात पारेको छ ।...
टिभिएस मोटर्सले हालसालै भारतमा लन्च गरेको अपाचे आरपी १६५ अहिले चर्चामा...
काठमाडौँ– टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...