रमेश कोइराला बने रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्ष, यस्तो बन्यो कार्यसमिति

काठमाडौं - चार पांग्रे सेकेन्ड ह्यान्ड सवारी साधनको कारोबार गर्दै आइरहेका व्यवसायीहरुको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा रमेश कोइराला निर्वाचित भएका छन् । यो भन्दा पहिले कार्यवाहक अध्यक्षको रुपमा कार्यरत कोइरालाले अध्यक्षको जिम्मेवारी ग्रहण गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष कुमार चिमोरिया, प्रथम उपाध्यक्ष राजकुमार देवकोटा, महासचिव खगेन्द्रसिंह बम, सचिव नवीनकुमार पारख र कुमार बोगटी, कोषाध्यक्ष प्रदीप राना र सहकोषाध्यक्ष राजेन्द्र कुमार राउत निर्वाचित भएका छन् ।

सदस्यहरुमा प्रवीण लामिछाने, देवेन्द्रकुमार श्रेष्ठ, रामकुमार शाही ठकुरी, नेत्र तिमल्सिना, लक्ष्मण बञ्जारा, राजकुमार थापा र राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

सल्लाहकारमा शैलेन्द्रकुमार श्रेष्ठ, ईश्वरप्रसाद भट्टराई र विश्वनाथ प्रसाद गुप्ता रहेका छन् ।

हाल १५ सदस्यीय कार्यसमिति बनेको र २ जना सदस्य पछि थप गरिने छ ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको आज सम्पन्न प्रथम राष्टिय अधिवेशनबाट नयाँ कार्यसमिति बनेको हो । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवबाट अधिवेशनको उद्घाटन भएको थियो ।

सल्लाहकारमा शैलेन्द्रकुमार श्रेष्ठ, ईश्वरप्रसाद भराई र विश्वनाथ प्रसाद गुप्ता रहेका छन् ।

सम्बन्धित समाचारहरू

कारभित्रका लामखुट्टे कसरी भगाउने ?

कारभित्रका लामखुट्टे कसरी भगाउने ?

कारलाई सफा गरे पनि यसको भित्रतिर लामखुट्टे र यस्तै विभिन्न प्रकारका रगत...

श्री अम्बा ग्रुपले ल्यायो नयाँ हेल्मेट नेपाली बजारमा : सुरक्षित, बलियो र आकर्षक रहेको दाबी

श्री अम्बा ग्रुपले ल्यायो नयाँ हेल्मेट नेपाली बजारमा : सुरक्षित, बलियो र आकर्षक रहेको दाबी

काठडमाडौं– टु ह्विलर स्पेयर पार्ट्स एवं एसेसोरिजको कारोबारमा स्थापित...

नेपालमै बनेको यति हेल्मेटको नयाँ मोडल बजारमा

नेपालमै बनेको यति हेल्मेटको नयाँ मोडल बजारमा

काठमाडौं – रुपन्देहीको देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...