प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस : ल्यायो पहिलो मोडर्न रेट्रो बाइक रोनिन

टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गरेको घोषणा गरेको छ । कम्पनीले टीभीएस रोनिन नयाँ युगका राइडरबाट प्रेरणा लिई निर्माण गरेको बताएको छ । टीभीएस रोनिन स्टाइल, टेक्नोलोजी र राइडिङ अनुभवका साथ डिजाइन गरिएको छ ।

टीभीएस मोटरको बहुप्रतीक्षित टीभीएस रोनिन अर्बन स्क्रयाम्बलर बाइकको सुरुवाती एक्स शोरुम मूल्य १ लाख ४९ हजार तोकिएको छ । सो बाइकको अनौठो र आकर्षक प्रिमियम डिजाइनले पहिलो नजरमा नै ग्राहकको ध्यान खिचेको छ । सो बाइकले रोयल इन्फिल्ड हन्टर ३५० र येज्दी स्क्रयाम्बलर जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले टीभीएस रोनिन ३ भेरिएन्टमा लन्च गरेको छ । टीभीएस रोनिन सिंगल टोन सिंगल च्यानलको मूल्य १ लाख ४९ हजार, टीभीएस रोनिन ड्युअल टोन सिंगल च्यानलको मूल्य १ लाख ५६ हजार र टीभीएस रोनिन ट्रिपल–टोन ड्युअल च्यानलको मूल्य १ लाख ६८ हजार भारु राखिएको छ ।

टीभीएस रोनिनमा ड्युअल पर्पज टायर, हाई ग्राउन्ड क्लियरेन्स, गोल्डेन–डिप्ड यूएसडी फ्रन्ट फोर्क, एलईडी लाइट, बत्ती र सर्कुलर हेडल्याम्प रेट्रो थिम, पूर्ण डिजिटल राउण्ड इन्स्ट्रयुमेन्ट क्लस्टर र कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ ।

टीभीएस रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले ७७५० आरपीएममा १५.०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९.९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ । यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।

भारतीय बजारमा लन्च गरिएको यो बाइक भविष्यमा नेपाली बजारमा आउने छ । आगामी भदौमा हुने नाडा अटो शोमा यो बाइक प्रदर्शन हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

१ लाख १९ हजार भारुमा आयो एनटर्क १५०, यस्तो छ विशेषता

१ लाख १९ हजार भारुमा आयो एनटर्क १५०, यस्तो छ विशेषता

टीभीएसले आफ्नो नयाँ स्कुटर एनटर्क १५० लन्च गरेको छ । दुई भेरिएन्टमा उपलब्ध...

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ...

टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...