यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

सामन्यतः ह्याचब्याकलाई कम मूल्य पर्ने कारका रुपमा लिने गरिन्छ । हुन पनि नेपाली बजारमा इन्ट्री लेवलको ह्याचब्याक मारुती अल्टोलाई १९ लाख रुपैयाँमा नै खरिद गर्न सकिन्छ । अल्टोपछि ड्याट्सन रेडी गो र रेनो क्विडको मूल्य समेत २५ लाख हाराहारीबाटै सुरु हुन्छ ।

यो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मारुती सुजुकी स्विफ्ट, हुन्डाई आई १०, फोर्ड फिगो र टाटा टियागोको मूल्य ३० देखि ३५ लाख बीचमा पर्छ । तर नेपाली बजारमा केही यस्ता ह्याचब्याक कार पनि उपलब्ध छन्, जसको मूल्य ४० देखि ५० लाख बीचमा तय गरिएको छ । यस्ता कारलाई कम्पनीले प्रिमियक ह्याचब्याक भन्ने गरेका छन् । यसमा होन्डा ज्याज, हुन्डाई आई–२०, फक्सवागन पोलो र सुजुकी बलेनो पर्छन् । यी कारको केही भेरिएन्टको मूल्य ४० लाखमाथि तय गरिएको छ ।

नेपाली बजारमा ४० देखि ५० लाख मूल्यमा हाल चर्चामा रहेका हुन्डाई क्रेटा, महिन्द्रा एक्सयूभी ३००, होन्डा डब्लुआरभी, निसान किक्स, रेनो डस्टर, स्कोडा कुसाक र टाटा नेक्सन जस्ता कम्प्याक्ट एसयूभीको बेस भेरिएन्ट खरिद गर्न सकिन्छ । त्यसैगरी हाल लोकप्रिय बनिरहेको हुन्डाई भेन्यू, किया सोनेट, सुजुकी ब्रेजा, सुजकी एसक्रस र एक्सएल ६ तथा एमजी जेडएस ईभीलाई समेत यही मूल्य रेन्जमा खरिद गर्न सकिन्छ । निसान म्याग्नाइट, रेनो काइगर, टाटा नेक्सन ईभी जस्ता एसयूभीलाई त झन् २८ देखि ४० लाख रुपैयाँ बीचमा खरिद गर्न सकिन्छ ।

होन्डा ज्याज
प्रिमियम सेग्मेन्टको ह्याचब्याकमा सबैभन्दा महंगो कार हो होन्डा ज्याज । जापनिज अटो मेकर होन्डाले उत्पादन गर्ने यो ह्याचब्याक कार भिन्न ४ भेरिएन्टमा उपलब्ध छ । जसमध्ये सबैभन्दा सस्तो भेरिएन्ट भीएमटीको मूल्य नै ३९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी भिएक्सएमटी भेरिएन्टको ४४ लाख ३० हजार, भीसीभीटीको ४६ लाख ३० हजार र सबैभन्दा महंगो भेरिएन्ट भीएक्ससीभीटीको ४९ लाख ५० हजार रुपैयाँ पर्छ । ज्याजमा १२ सय सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ९० पीएस र टर्क ११० एनएम रहेको छ । यो पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध छ ।

फक्सवागन पोलो
जर्मन ब्रान्ड फक्सवागन पोलो ह्याच्ब्याक सेग्मेन्टमा अर्को महंगो र प्रिमियम कार हो । पोलो एमपिआई, टिएसआई र जीटी टिएसआई गरी ३ इन्जिन अप्सनमा उपलब्ध छ । पोलोको भिन्न ६ भेरिएन्ट उपलब्ध भएपनि ४ वटा भेरिएन्टको मूल्य ४० लाख माथि पर्छ । यसको एमपिआई इन्जिनयुक्त हाइलाइन मोडलको मूल्य ४२ लाख ९० हजार रुपैयाँ पर्छ भने अर्को टिएसआई इन्जिनमा कम्फर्टलाइन भेरिएन्टको ४३ लाख ४० हजार र यसैको हाइलाइन प्लसको ४६ लाख ४० हजार रुपैयाँ पर्छ । त्यसैगरी अर्को जीटी टिएसआईको ४७ लाख ४० हजार रुपैयाँ पर्छ । १ हजार सीसी क्षमताको पोलोमा भिन्न ३ प्रकारका इन्जिन जडान गरिएका कारण यसले प्रादन गर्ने पावर टर्क समेत फरकफरक छ । जस्तो एमपिआई इन्जिनको अधिकतम पावर ७६ पीएस र टर्क ९५ एनएम रहेको छ भने टिएसआइको पावर ११० पीएस र टर्क १७५ एनएम रहेको छ । अर्को जीटी टीएसआई इन्जिनको अधिकतम पावर १०५ पीएस र टर्क १७५ एनएम रहेको छ । पोलो पेट्रोल इन्जिनमा मात्र उपलब्ध रहँदै आएको छ ।

सुजुकी बलेनो
ह्याचब्याक सेग्मेन्टमा मार्केट लिडर सुजुकीको स्विफ्ट र बलेनो दुबै मोडलका कारलाई प्रिमियम मान्ने गरिए पनि बलेनो महंगो कारमा रुपमा परिचित छ । नेपाली बजारमा बलोनो ३ भेरिएन्टमा उपलब्ध रहँदै आएपनि टप अर्थात अल्फा भेरिएन्टको मूल्य ४० लाख माथि कायम गरिएको छ । यो कारको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ पर्छ । यो कारमा १२ सय सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६१ किलोवाट र टर्क ११३ एनएम रहेको छ । बलेनो पेट्रोल इन्जिनमा मात्र उपलब्ध रहँदै आएको छ ।

हुन्डाई नयाँ आई–२०
नेपाली बजारमा हालसालै सार्वजनिक गरिएको हुन्डाई ब्रान्डको नयाँ आई–२० समेत ४० लाख माथि मूल्य कायम गरिएको प्रिमियम ह्याचब्याक हो । भिन्न २ भेरिएन्टमा उपलब्ध यसको टप अर्थात स्पोर्ट्ज भेरिएन्टको मूल्य ४१ लख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । १२ सय सीसी क्षमताको यो कार आकर्षक र सुविधासम्पन्न फिचर्सले भरिपूर्ण छ । यो कारको अधिकतम पावर ८८ पीएस र टर्क ११.७ केजीएम रहेको छ । यो पेट्रोल इन्जिनमा उपलब्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

मारुतीको पहिलो इलेक्ट्रिक कार परीक्षणको क्रममा देखियो, अर्को वर्ष लन्च हुने अनुमान

मारुतीको पहिलो इलेक्ट्रिक कार परीक्षणको क्रममा देखियो, अर्को वर्ष लन्च हुने अनुमान

मारुतीले कम्प्याक्ट एसयूभी सेगमेन्टमा इलेक्ट्रिक गाडी ल्याउने तयारी...

सुजुकीको पहिलो इलेक्ट्रिक कार नेपालमा, नाडा अटो शो २०२५ मा प्रदर्शन हुने

सुजुकीको पहिलो इलेक्ट्रिक कार नेपालमा, नाडा अटो शो २०२५ मा प्रदर्शन हुने

काठमाडौं – सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा आगामी भाद्र ३ देखि...

हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखियो, फ्रन्ट लुक सहित अन्य फिचर सार्वजनिक

हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखियो, फ्रन्ट लुक सहित अन्य फिचर सार्वजनिक

हुन्डाईले क्रेटालाई मध्यम आकारको एसयूभीका रूपमा बिक्रीको लागि उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...