एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस नेपालमा, एथर रिज्टाको बुकिङ खुला
काठमाडौं – नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य...
नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार भित्रिन थालेका छन् । विश्व प्रख्यात जर्मन लक्जरी ब्रान्ड विएमडब्लूले केही दिन अघि आफ्नो चर्चित इलेक्ट्रिक एसएभी(स्पोर्ट एक्टिभिटी भेइकल) आईएक्स–३ लाई लन्च गरेपछि नेपाली इभी बजार विस्तारै महंगा र प्रिमियम ब्रान्डमा सिफ्ट हुँदै गएको संकेत गरेको छ ।
नेपाली बजारमा अहिले विएमडव्लू सहित टेस्ला र हुन्डाईका इलेक्ट्रिक कार एक कारोड माथी मूल्यमा उपलब्ध रहँदै आएका छन् । यो सेग्मेन्टमा सवैभन्दा पहिले नेपाल आएको टेस्लाले हाल मोडल थ्री र मोडल वाई बिक्री गर्दै आएको छ । एरेट इन्टरनेश्नलले आयत गरी बिक्री गर्दै आएको टेस्ला विश्व बजारमै सर्बाधिक बिक्री हुने प्रिमियम ब्रान्डको इलेक्ट्रिक कार हो ।
कम्पनीले मोडल–३ लाई १ करोड ३० लाखमा बिक्री गर्दै आएको छ । बजेटअघि सो कारको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको थियो । यसैगरी अर्को इभी मोडल वाईलाई कम्पनीले स्ट्यान्डर्ड र लङ रेन्जमा आयत गरी बिक्री गर्दै आएको छ । जसको मूल्य क्रमशः १ कारोड ८९ लाख र १ करोड ९९ लाख निर्धारण गरिएको छ । बजेटअघि यी कारको मूल्य २ करोड ५ लाख र २ करोड ३० लाख तोकिएको थियो ।
करोड माथी मूल्यमा बिक्री हुँदै आएको अर्को प्रिमियम इभी हुन्डाई आयोनिक–५ लाई आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले १ करो २ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । बजेटअघि सो कारलाई कम्पनीले १ करोड १६ लाख ९६ हजारमा बिक्री गर्दै आएको थियो ।
नेपाली इलेक्ट्रिक कार बजारमा सवैभन्दा महंगो ईभीको पहिचान भने हालसालै नेपाल भित्रिएको विएमडव्लू आईएक्स–३ ले वनाएको छ । सो कारलाई आधिकारिक विक्रेता लक्ष्मी प्रिमियमले २ करोड २९ लाख ९६ हजार रुपैयाँमा बिक्री थालेको हो । ८० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।
यो सेग्मेन्टमा कीयाले ईभी–६ ल्याउने भन्दै वुकिङ खुल्ला गरेको छ भने अर्को चिनीयाँ ब्रान्ड म्याक्सको लक्जरी इलेक्ट्रिक एमपीभी मीफा–९ समेत छिट्टै नेपाल आउने आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ । यी दुवै कारको मूल्य १ करोड ३० लाख हराहारी पर्ने अनुमान गरिएको छ ।
काठमाडौं – नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य...
टाटा मोटर्सले बहुप्रतीक्षित ह्यारियर ईभी भारतमा लन्च गरेको छ। कम्पनीले...
काठमाडौं – रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...