काठमाडौंको सडकमा देखियो १ करोड ४५ लाख मूल्यको प्रिमियम इलेक्ट्रिक कार अवतार ११

काठमाडौं – काठमाडौंको सडकमा प्रिमियम ईभी अवतार ११ देखिएको छ । औपचारिक लन्च हुन बाँकी भएको सो कारको मूल्य भने सार्वजनिक भइसकेको छ । यसको मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै हुवावे, चांगान र सीएटीएलको संयुक्त परियोजना भएको सो कार नेपाली बजारमा समेत सीजी ग्रुप अन्तर्गतको सीजी इभोलुसनका साथै चांगान गाडी बिक्री–वितरण गरिरहेको एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु राइडले समेत यसको बिक्री–वितरण गर्ने बताइएको छ ।

सो गाडी आगामी नाडा अटो शो २०२४ मा सोकेश गरिने कम्पनीको भनाइ छ । इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनका लागि एक कदम अगाडि बढेको मानिने सो ईभी चांगान अटोमोबाइल, सीएटीएल ब्याट्री र हुवावे टेक्नोलोजीको रणनीतिक सहकार्यबाट उत्पादन भएको उत्कृष्ट उत्पादन मानिन्छ ।

विभिन्न फरक र विशेष विशेषताका कारण अवतार ११ ले नेपाली बजारमा पनि फरक पहिचान कायम गर्ने कम्पनीको भनाइ छ । यसमा भएका विभिन्न विशेषता यस प्रकार रहेका छन् ।

अत्याधुनिक ब्याट्री प्रविधि – विश्वकै प्रतिष्ठित ब्याट्री निर्माता कम्पनी सीएटीएलको सहकार्यमा विकास गरिएको ब्याट्री प्रयोग भएको अवतार ११ ले रेन्ज, पर्फमेन्स र गाडीको आयु बढाउनमा भूमिका खेल्छ ।

इनोभेटिभ डिजाइन – अटोमोटिभ डिजाइनमा विशेषज्ञ मानिने चांगान अटोमोबाइलले डिजाइन गरेको अवतार ११ को स्लिक र एरोडाइनामिक एक्सटेरियरले एस्थेटिक अपिल र फङसनल इफिसियन्सी दुवै बढाएको छ ।

एड्भान्स्ड कनेक्टिभिटी – हुवावेद्वारा विकास गरिएको एड्भान्स्ड कनेक्टिभिटी सोलुसनले स्मार्ट डिभाइस, रियल टाइम नेभिगेसन र इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्सलाई एउटै गाडीमा एकीकृत गरेको छ ।

सस्टेनेबल परफर्मेन्स – सबै इलेक्ट्रिक सवारी साधनले वातावरणीय प्रभाव कम गर्नका लागि दिगोपनामा ध्यान दिने बताउछन् । तर अवतार ११ ले यो भन्दा एक कदम अगाडि बढेर ड्राइभिङ एक्सपेरियन्स र सेफ्टीमा कुनै सम्झौता नगरुी वातावरणीय प्रभाव कम गर्नका लागि विभिन्न कार्य गरेको कम्पनीको भनाइ छ ।

स्मार्ट कनेक्टिभिटी – दैनिक जीवनलाई जोडेर अवतार ११ ले हुवावे टेक्नोलोजीको प्रविधिको सहयोगले विभिन्न इन्टेलिजेन्ट फिचरका साथ कनेक्टिभिटीलाई पुनःपरिभाषित गरेको छ । इन–कार अर्थात कार भित्र हुने विभिन्न अनुभवलाई व्यक्तिमा केन्द्रित गर्नका लागि नेभिगेसनलाई अझै परिस्कृत गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...

लिपमोटर सी१० अब नेपालगन्जमा पनि

लिपमोटर सी१० अब नेपालगन्जमा पनि

साङ्ग्रिला मोटर्सले लिपमोटरको प्रमुख मोडल सी१० गाडीलाई नेपालगन्जमा भव्य...

ईभीको ‘ब्याट्री हेल्थ पासपोर्ट’ जारी गर्ने पहिलो कम्पनी बन्दै किया

ईभीको ‘ब्याट्री हेल्थ पासपोर्ट’ जारी गर्ने पहिलो कम्पनी बन्दै किया

ईभीको ब्याट्री हेल्थ वारेमा धेरैलाई चासो हुने गर्छ । विशेष गरी प्रयोगमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...