नेपाली बजारमा उपलब्ध प्रिमियम इलेक्ट्रिक कार, मूल्य २ करोड ३० लाखसम्म

काठमाडौं– नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार भित्रिन थालेका छन् । विश्व प्रख्यात जर्मन लक्जरी ब्रान्ड विएमडब्लू र औडीले केही समय अघि आफ्नो चर्चित इलेक्ट्रिक कारलाई लन्च गरेपछि नेपाली ईभी बजार विस्तारै महंगा र प्रिमियम ब्रान्डमा सिफ्ट हुँदै गएको संकेत गरेको हो । यसअघि प्रख्यात अमेरिकन ब्रान्ड टेस्लाका इलेक्ट्रिक कार बिक्री हुँदै आएको थियो ।

प्रिमियम ईभी सेग्मेन्टमा सवैभन्दा पहिले नेपाल आएको टेस्लाले हाल मोडल थ्री र मोडल वाई बिक्री गर्दै आएको छ । एरेट इन्टरनेश्नलले आयत गरी बिक्री गर्दै आएको टेस्ला विश्व बजारमै सर्बाधिक बिक्री हुने प्रिमियम ब्रान्डको इलेक्ट्रिक कार हो ।

कम्पनीले मोडल–३ लाई १ करोड ३० लाखमा बिक्री गर्दै आएको छ । यसैगरी अर्को मोडल वाईलाई कम्पनीले स्ट्यान्डर्ड र लङ रेन्जमा आयत गरी बिक्री गर्दै आएको छ । जसको मूल्य क्रमशः १ कारोड ८९ लाख र १ करोड ९९ लाख निर्धारण गरिएको छ ।

करोड माथी मूल्यमा बिक्री हुँदै आएको अर्को प्रिमियम इभी हुन्डाई आयोनिक–५ लाई आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले १ करोड २ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

नेपाली इलेक्ट्रिक कार बजारमा सवैभन्दा महंगो ईभीको पहिचान भने हालसालै नेपाल भित्रिएको विएमडव्लू आईएक्स–३ ले वनाएको छ । सो कारलाई आधिकारिक विक्रेता लक्ष्मी प्रिमियमले २ करोड २९ लाख ९६ हजार रुपैयाँमा बिक्री थालेको हो । ८० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।

पछिल्लो समय नेपाल आएको जर्मन अटो ब्रान्ड अउडीको क्यू फोर ई–ट्रोनको मूल्य १ करोड ४५ लाख र १ करोड ५० लाख निर्धारण गरिएको छ । ई–ट्रोन ३५ र ई–ट्रोन ३५ स्पोर्टब्याक गरी कुल दुई भेरिएन्टमा उपलब्ध यी कारलाई काइरोस इन्टरनेश्नलले नेपाल भित्राएको हो ।

यी विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । सो कारमा रहेको मोटरको पिक पावर १२५ किलोवाट रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।

सम्बन्धित समाचारहरू

धमाधम ब्याट्रीको मूल्य घट्दा इलेक्ट्रिक टु ह्विलरको मूल्यमा पनि २५ प्रतिशतले कमी

धमाधम ब्याट्रीको मूल्य घट्दा इलेक्ट्रिक टु ह्विलरको मूल्यमा पनि २५ प्रतिशतले कमी

भारतमा टु ह्विलरको मूल्य सस्तो भएको छ । धेरै इलेक्ट्रिक टु ह्विलर कम्पनीले...

लिपमोटर सी१० अब नेपालगन्जमा पनि

लिपमोटर सी१० अब नेपालगन्जमा पनि

साङ्ग्रिला मोटर्सले लिपमोटरको प्रमुख मोडल सी१० गाडीलाई नेपालगन्जमा भव्य...

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...