नारायणघाट–बुटवल सडकमा सबै साना पुल निर्माण सम्पन्न
नवलपरासी – चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...
भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान हस्तान्तरण गरेको छ ।
भारतीय दूतावासले बुधबार एक कार्यक्रमबीच महावाणिज्य दूतावास वीरगञ्जबाट बाढीपहिरोले अवरुद्ध सडक सञ्चालन गर्न रु ३८ करोड मूल्य बराबरको १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान पहिलो चरणमा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रजिअ भुसाललाई स्टिल ब्रिजका सामान तथा उपकरण हस्तान्तरण गरेका हुन् ।
भारतीय दूतावासले नेपाल सरकारको अनुरोधमा सो स्टिल ब्रिजका उपकरण उपलब्ध गराएको विज्ञप्तिमार्फत जनाएको छ । ती सबै उपकरण अनुदानबापत् उपलब्ध गराइएको हो । दूतावासले आगामी दिनमा पनि प्रिफ्याब्रिकेट स्टिल ब्रिज उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
दूतावासले पछिल्ला दुई दिनमा २५ टन बराबरका औषधि, ‘लाइफ ज्याकेट’, ‘रबरबोट’, ‘स्लिपिङ ब्याग’ लगायतका सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा उपलब्ध गराएको जनाएको छ ।
नवलपरासी – चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...
काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’...
सिन्धुली जिल्ला प्रशासन कार्यालयले आजदेखि बीपी राजमार्गमा रात्रिकालीन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...