यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ । यसमा पनि साना सीसीका इन्जिन जडित कम्प्याक्ट, क्रसओभर र माइक्रो एसयूभीको माग अत्याधिक रहेको पाइन्छ । जसका कारण पनि महंगा र बिलासी समेत मानिने उच्च सीसी क्षमताका एसयूभीको चर्चा भने क्रमशः सेलाउँदै गएको देख्न सकिन्छ । महंगो मूल्य पर्ने यी एसयूभीको बजार निकै नै सानो र सीमित बर्गका ग्राहकले मात्र खरिद गर्न सक्ने कारण पनि नेपालमा यस्ता एसयूभीको चर्चा कम मात्रामा हुने गरेको हो ।

बजारमा अहिले टोयोटा, मित्सुबिसी, निसान, बीएमडब्ल्यु, जिप र इसुजु लगायत अन्य ब्रान्डले २५ सय सीसी माथिका एसयूभी आयात गरी कारोबार गर्दै आइरहेका छन् । जसमध्ये यो सेग्मेन्टमा सबैभन्दा ठूलो बजार टोयोटाले ओगटेको छ । टोयोटासँग फर्चुनर, ¥याभ फोर र ल्यान्डक्रुजर गरी कुल तीन मोडलका एसयूभी यो सेग्मेन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये फर्चुनरको मूल्य २ करोड १० लाखदेखि २ करोड २२ लाखसम्म निर्धारण गरिएको छ । यो एसयूभीको अधिकतम पावर २०३ हर्स पावर र टर्क ५०० एनएमसम्म रहेको छ । यो एसयूभीमा २७५५ सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको छ ।

त्यसैगरी २४८७ सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको ¥याभ फोरको मूल्य १ करोड ५६ लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म तोकिएको छ । यो एसयूभीको अधिकतम पवार २०६ हर्र्स पावर र टर्क २४३ एनएमसम्म रहेको छ ।

अर्को चर्चित र महंगो एसयूभी ल्यान्डक्रुजर प्राडोमा २७५५ सीसी क्षमताका डिजेल इन्जिन जडान गरिएको छ । यो एसयूभीको मूल्य नेपाली बजारमा २ कारोड ८३ लाखदेखि ३ करोड ३० लाख रुपैयाँसम्म तोकिएको छ । जसको अधिकतम पावर २०३ बीएचपी र टर्क ५०० एनएमसम्म रहेको छ ।

अर्को चर्चित ब्रान्ड मित्सुबिसीले कारोबार गर्दै आएको पजेरो एसयूभीमा ३२०० सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको छ । यो एसयूभी ३ र ५ ढोका अप्सनमा उपलब्ध छ । जसमध्ये ३ वटा ढोका भएको पजेरोको मूल्य १ करोड ६२ लाख र ५ ढोकाको २ करोड १५ लाख रुपैयाँ तोकिएको छ । यसको अधिकतम पावर २०१ हर्र्स पावर र टर्क ४४८ एनएम रहेको छ ।

प्रख्यात जर्मन ब्रान्ड बीएमडब्ल्युको एक्स५ एसयूभीमा २९९८ सीसी क्षमताका प्लग इन हाइब्रिज इन्जिन जडान गरिएको छ । यो एसयूभीको अधिकतम पावर २८६ एचपी र टर्क ४५० एनएम रहेको छ । यो एसयूभीलाई नेपालस्थित आधिकारिक बितरक लक्ष्मी प्रिमियमले यसअघि ४ करोड १६ लाख रुपैयाँमा बिक्री गर्दै आएकोमा हाल स्टक उपलब्ध नभएका कारण नयाँ गाडी आउँदा मूल्य फेरबदल हुने बताएको छ ।

उच्च सीसी क्षमताका एसयूभी आयात गर्नेमा जिप, निशान, सुबारु र इसुजुसमेत सामेल छन् । जिपको शक्तिशाली एसयूभी ग्रान्ड चेरोकी लिमिटेडमा २९८५ सीसी क्षमतमा पेट्रोल इन्जिन जडान गरिएको छ । यो एसयूभीको अधिकतम पावर २४७ एचपी र टर्क ५७० एनएमसम्म रहेको छ । यसको मूल्य २ करोड ५९ लाखदेखि २ करोड ८३ लाख ८० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

जापनिज ब्रान्ड सुबारुको आउटब्याक एसयूभीमा २४९८ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसले १८५ एचपी पावर र २४४ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । यो एसयूभीको मूल्य १ करोड ७० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

जापनिज ब्रान्डकै निसान र इसुजुसँग समेत यो सेग्मेन्टको शक्तिशाली एसयूभी उपलब्ध छन् । जसमध्ये निसान पेट्रोलमा २९५३ सीसी क्षमताको डिजेल इन्जिन र इसुजु एमयू–एक्समा ३ हजार सीसी क्षमताको डिजेल इन्जिन दिइएको छ । यी एसयूभीको अधिकतम पावर क्रमशः १५६ एचपी र १७४ एचपी रहेको छ भने टर्क क्रमशः ३७१ र ३८० एनएम रहेको छ । निसान पेट्रोलको मूल्य २ करोड ५१ लाख रुपैयाँ तोकिएको छ भने इसुजु एमयू–एक्सको १ करोड ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

दशैंमा टाटाका ७५१ गाडी डेलिभरी भयो नेपालमा

दशैंमा टाटाका ७५१ गाडी डेलिभरी भयो नेपालमा

यो दशैंमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी...

टाटा कर्भ र कर्भ ईभी सार्वजनिक, ३६० डिग्री क्यामेरा, ६ एयरब्याग र एडास जस्ता सेफ्टी फिचर उपलब्ध हुने

टाटा कर्भ र कर्भ ईभी सार्वजनिक, ३६० डिग्री क्यामेरा, ६ एयरब्याग र एडास जस्ता सेफ्टी फिचर उपलब्ध हुने

टाटा मोटर्सले कर्भ र कर्भ ईभी सार्वजनिक गरेको छ । यद्यपि, कम्पनीले यी दुई...

५ र ७ बर्षे स्किममा यसरी खरिद गर्न सकिन्छ टाटा नेक्सन ईभी

५ र ७ बर्षे स्किममा यसरी खरिद गर्न सकिन्छ टाटा नेक्सन ईभी

केही दिन अघिमात्र नेपाली बजारमा भित्रिएको टाटा नेक्सन ईभी अहिले ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...