यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ । यसमा पनि साना सीसीका इन्जिन जडित कम्प्याक्ट, क्रसओभर र माइक्रो एसयूभीको माग अत्याधिक रहेको पाइन्छ । जसका कारण पनि महंगा र बिलासी समेत मानिने उच्च सीसी क्षमताका एसयूभीको चर्चा भने क्रमशः सेलाउँदै गएको देख्न सकिन्छ । महंगो मूल्य पर्ने यी एसयूभीको बजार निकै नै सानो र सीमित बर्गका ग्राहकले मात्र खरिद गर्न सक्ने कारण पनि नेपालमा यस्ता एसयूभीको चर्चा कम मात्रामा हुने गरेको हो ।

बजारमा अहिले टोयोटा, मित्सुबिसी, निसान, बीएमडब्ल्यु, जिप र इसुजु लगायत अन्य ब्रान्डले २५ सय सीसी माथिका एसयूभी आयात गरी कारोबार गर्दै आइरहेका छन् । जसमध्ये यो सेग्मेन्टमा सबैभन्दा ठूलो बजार टोयोटाले ओगटेको छ । टोयोटासँग फर्चुनर, ¥याभ फोर र ल्यान्डक्रुजर गरी कुल तीन मोडलका एसयूभी यो सेग्मेन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये फर्चुनरको मूल्य २ करोड १० लाखदेखि २ करोड २२ लाखसम्म निर्धारण गरिएको छ । यो एसयूभीको अधिकतम पावर २०३ हर्स पावर र टर्क ५०० एनएमसम्म रहेको छ । यो एसयूभीमा २७५५ सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको छ ।

त्यसैगरी २४८७ सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको ¥याभ फोरको मूल्य १ करोड ५६ लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म तोकिएको छ । यो एसयूभीको अधिकतम पवार २०६ हर्र्स पावर र टर्क २४३ एनएमसम्म रहेको छ ।

अर्को चर्चित र महंगो एसयूभी ल्यान्डक्रुजर प्राडोमा २७५५ सीसी क्षमताका डिजेल इन्जिन जडान गरिएको छ । यो एसयूभीको मूल्य नेपाली बजारमा २ कारोड ८३ लाखदेखि ३ करोड ३० लाख रुपैयाँसम्म तोकिएको छ । जसको अधिकतम पावर २०३ बीएचपी र टर्क ५०० एनएमसम्म रहेको छ ।

अर्को चर्चित ब्रान्ड मित्सुबिसीले कारोबार गर्दै आएको पजेरो एसयूभीमा ३२०० सीसी क्षमताको डिजेल इन्जिन जडान गरिएको छ । यो एसयूभी ३ र ५ ढोका अप्सनमा उपलब्ध छ । जसमध्ये ३ वटा ढोका भएको पजेरोको मूल्य १ करोड ६२ लाख र ५ ढोकाको २ करोड १५ लाख रुपैयाँ तोकिएको छ । यसको अधिकतम पावर २०१ हर्र्स पावर र टर्क ४४८ एनएम रहेको छ ।

प्रख्यात जर्मन ब्रान्ड बीएमडब्ल्युको एक्स५ एसयूभीमा २९९८ सीसी क्षमताका प्लग इन हाइब्रिज इन्जिन जडान गरिएको छ । यो एसयूभीको अधिकतम पावर २८६ एचपी र टर्क ४५० एनएम रहेको छ । यो एसयूभीलाई नेपालस्थित आधिकारिक बितरक लक्ष्मी प्रिमियमले यसअघि ४ करोड १६ लाख रुपैयाँमा बिक्री गर्दै आएकोमा हाल स्टक उपलब्ध नभएका कारण नयाँ गाडी आउँदा मूल्य फेरबदल हुने बताएको छ ।

उच्च सीसी क्षमताका एसयूभी आयात गर्नेमा जिप, निशान, सुबारु र इसुजुसमेत सामेल छन् । जिपको शक्तिशाली एसयूभी ग्रान्ड चेरोकी लिमिटेडमा २९८५ सीसी क्षमतमा पेट्रोल इन्जिन जडान गरिएको छ । यो एसयूभीको अधिकतम पावर २४७ एचपी र टर्क ५७० एनएमसम्म रहेको छ । यसको मूल्य २ करोड ५९ लाखदेखि २ करोड ८३ लाख ८० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

जापनिज ब्रान्ड सुबारुको आउटब्याक एसयूभीमा २४९८ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसले १८५ एचपी पावर र २४४ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । यो एसयूभीको मूल्य १ करोड ७० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

जापनिज ब्रान्डकै निसान र इसुजुसँग समेत यो सेग्मेन्टको शक्तिशाली एसयूभी उपलब्ध छन् । जसमध्ये निसान पेट्रोलमा २९५३ सीसी क्षमताको डिजेल इन्जिन र इसुजु एमयू–एक्समा ३ हजार सीसी क्षमताको डिजेल इन्जिन दिइएको छ । यी एसयूभीको अधिकतम पावर क्रमशः १५६ एचपी र १७४ एचपी रहेको छ भने टर्क क्रमशः ३७१ र ३८० एनएम रहेको छ । निसान पेट्रोलको मूल्य २ करोड ५१ लाख रुपैयाँ तोकिएको छ भने इसुजु एमयू–एक्सको १ करोड ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

नेक्सन फेसलिफ्टमा हुनेछन् यी नयाँ फिचर, अर्को महिना लन्च हुने

नेक्सन फेसलिफ्टमा हुनेछन् यी नयाँ फिचर, अर्को महिना लन्च हुने

टाटा मोटर्सले आफ्नो सर्बाधिक सफल एसयूभी नेक्सनको फेसलिफ्ट ल्याउने...

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...