यस्तो छ लोकप्रिय युट्युबर ध्रुव राठीको कार कलेक्सन

ध्रुव राठी एक लोकप्रिय युट्युबर हुन्। उनी आफ्नो भिडियोका कारण इन्टरनेटमा सधैँ चर्चामा रहन्छन्।

हालै ध्रुव राठी पुनः चर्चामा आएका छन् । यस पटक उनी आफ्नो भिडियोको कारण होइन तर आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । ध्रुवले हालै आफ्नो पहिलो बच्चासँगको तस्बिर इन्टरनेटमा सेयर गरेका छन्, जसको कारण उनी चर्चामा छन् ।

ध्रुव राठीसँग युट्युबमा २ करोड ५० लाखभन्दा बढी सब्सक्राइबरहरु छन्। ध्रुव जर्मनीमा बस्छन् र उनीसँग महँगा महँगा कारको कलेक्सन रहेको छ । रिपोर्टका अनुसार ध्रुव राठीसँग लगभग १० लाख डलरको सम्पत्ति रहेको बताइएको छ ।

ध्रुवसँग कारको कलेक्सन पनि धेरै छ, जसमा करोडौँ मूल्य पर्ने लक्जरी कारहरू पनि समावेश छ । ध्रुव राठीको कार कलेक्सनमा रेन्ज रोभर एसयूभी छ, जुन भारतमा करिब २ करोड ७५ लाख भारु पर्छ ।

कारबाइक३६० का अनुसार ध्रुवसँग मर्सिडीज बेन्ज जीएलसी क्लास पनि छ, जसको मूल्य ८७ लाख ८० हजार भारुबाट सुरु हुन्छ।

उनको कार कलेक्सनमा बीएमडब्ल्यु ५ सिरिज पनि छ, जसको मूल्य ८४ लाख ३५ हजार भारु छ । साथै उनको ग्यारेजमा टेस्ला मोडल ३ इलेक्ट्रिक कार पनि समावेश छ, जसको लागत ४४ हजार १३० यूएस डलर छ ।

सम्बन्धित समाचारहरू

मोटर स्पोर्ट्समा क्रियाशील ९ व्यक्ति च्याम्पियन्स अवार्डद्वारा सम्मानित

मोटर स्पोर्ट्समा क्रियाशील ९ व्यक्ति च्याम्पियन्स अवार्डद्वारा सम्मानित

काठमाडौं – मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स...

यस्तो छ उकालोमा गाडीको स्टार्ट बन्द भयो भने अगाडि बढाउने प्रशिक्षक अधिकारीको टिप्स

यस्तो छ उकालोमा गाडीको स्टार्ट बन्द भयो भने अगाडि बढाउने प्रशिक्षक अधिकारीको टिप्स

कहिलेकाहिं उकालो ठाउँमा पनि सवारीको स्टार्ट बन्द हुन सक्छ । यसरी बन्द...

बजाज, टीभीएस, यामाहा र सुजुकीको सहयोगमा रेसिङ च्याम्पियनसिप हुँदै, लुब्रिकेन्ट पार्टनर शेल

बजाज, टीभीएस, यामाहा र सुजुकीको सहयोगमा रेसिङ च्याम्पियनसिप हुँदै, लुब्रिकेन्ट पार्टनर शेल

काठमाडौं – आगामी शुक्रबार र शनिबार नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...