काठमाडौँमा आजबाट ‘सम्पदा बस’ सेवा सुरु हुँदै
काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको...
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेको एउटा भनाइले अहिले निकै नै चर्चा पाइरहेको छ । उनले एमाले अहिलेको अवस्थामा आइपुग्नुका कमजोरीलाई सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने हुन सक्ने टिप्पणी गरेका छन्।
चिन्तन अभियान नेपालले शनिबार बुटवलमा गरेको कार्यक्रममा उनले पछिल्ला तीनवटा निर्वाचनको परिणाम हेर्दा एमाले मात्र नभई पुराना राजनीतिक दलहरुको अवस्था दयनीय बनेको र अझै पनि कार्यशैली परिवर्तन नगर्ने हो भने सामूहिक ’मलामी’ जाने अवस्थामा पुग्ने बताएका हुन्।
‘अझ एमालेकै कुरा गर्ने हो भने २०७४ सालमा हामीले १७४ सिट जितेर दिग्विजय ग¥यौं भन्ने थियो तर, जोगाउन सकेनौं। कम्युनिस्टहरू पहिला ३÷४ वटा बसमा आउँथे। ०७९ हुँदा एउटा बसमा आउने भयौं, अहिले एउटा माइक्रो बसमा अट्ने भयौं। यस्तै अवस्था हो भने अर्को पटक स्कुटरमा आउँछ,’ पाण्डेले भने।
नेता पाण्डेले कमजोरी सुधार्न निर्मम नबन्ने हो भने पार्टीहरुले अबका निर्वाचनमा टिकट लिने व्यक्ति समेत नपाउने बताए।
‘नेतृत्वले कमजोरी स्वीकार गर्ने र त्यसलाई सच्चाउन नखोज्ने हो भने हार्ने निर्वाचन लड्न कोही कार्यकर्ता किन जान्छ,’ उनले भने।
पाण्डेले विगतमा ठिक बाटो नलिएको कारण पार्टी अहिलेको अवस्थामा आएकाले विगतका गलत बाटोलाई सही दिशामा लैजानुपर्ने बताए।
पाण्डेको यो सन्दर्भले कुनै पनि सवारी साधनमा कति व्यक्ति र कसरी सहज तरिकाले यात्रा गर्न सक्छन् भन्ने प्रसंगलाई प्रस्तुत गरेको छ ।
सवारी साधनमा कति धेरै व्यक्ति बस्न सक्छन् भन्ने कुरा उक्त सवारी साधनमा यात्रु अट्ने क्षमतामा भर पर्छ । यस अनुसार विशेष गरी लामो वा छोटो दुरीको यात्रा गर्दा धेरै व्यक्ति अटाउन सकिने सवारी साधन बस नै हो । बसमा सामान्यतः ४० जना भन्दा बढी व्यक्ति अटाउन सक्छन्।
लामो दुरीको यात्रामा प्रयोग गरिने बसहरु पछिल्लो समयमा लक्जरियस बन्दै गरेका छन् । बसमा विभिन्न सुविधाहरु समेत थपिएका छन् ।
त्यसैगरी अलि थोरै व्यक्ति अटाउन सक्ने गरी माइक्रोबसको व्यवस्था गरिएको हुन्छ । माइक्रोबसमा सामान्यतः १० जना भन्दा बढी व्यक्ति बस्न सक्ने गरी सिट व्यवस्था गरिएको हुन्छ । हाल प्रयोगमा आइरहेका विद्युतीय माइक्रोबसहरु ११ सिटे, १३ सिटे, १५ सिटे आदि छन् । पछिल्लो समयमा यस्ता माइक्रोबसहरु लामो दुरीको यात्रामा धेरै प्रयोग भएका छन् भने काठमाडौं उपत्यका लगायतका छोटो दुरीमा समेत प्रचलित छन् ।
छिटो छरितो र सहज तरिकाले एक्लै यात्रा गर्नका लागि भने मोटरसाइकल वा स्कुटर प्रयोगमा रहेका छन् । यस्ता दुईपांग्रे सवारी साधन नेपालमा धेरै प्रयोगमा छन् ।
नेकपा एमाले मात्र होइन, नेपाली कांग्रेस वा नेपाली कम्युनिष्ट पार्टी समेत यो भन्दा पहिले ठूलो पार्टीको रुपमा कहलिएका थिए । तर अहिले यी पार्टी अब ठूला रहेनन् । हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन पश्चात यी पार्टीले साना पार्टीको रुपमा पहिचान कायम गरेका छन् ।
यसै सन्दर्भलाई जोडेर सुरेन्द्र पाण्डेले भनेको तथ्य वास्तविकतामा आधारित छ । पहिले धेरै जनताको समर्थन प्राप्त भएकै कारण बसमा अटाउने जस्तो पार्टी भन्न सकिन्थ्यो भने हाल यसको क्रेज घटेको छ । आगामी दिनमा स्कुटरमा अटाउने पार्टी भन्न सकिने अवस्था आउन सक्ने चेतावनी उनले दिएका हुन् ।
जे भए पनि पार्टीहरु सच्चिनु पर्छ भन्ने उनको मान्यतालाई भने सबैले मनन गर्नु आवश्यक छ ।
काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको...
काठमाडौं–सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।...
भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...