नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

काठमाडौं - नेपाल प्रहरीले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको हो ।

एउटा बस रिङरोडभित्रका सर्वसाधारणलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई चढाउनेछ ।

काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

नम्बरमा २ नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।

सम्बन्धित समाचारहरू

सिएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम यति मोटर्स हेटौंडा

सिएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम यति मोटर्स हेटौंडा

सिएफ मोटो तथा जिहो टु ह्विलर्सका लागि नेपालको एक मात्र आधिकारिक वितरक ऋषि...

साझाको विद्युतीय बसमा महिला चालक र सहचालक हुने

साझाको विद्युतीय बसमा महिला चालक र सहचालक हुने

काठमाडौं – साझा यातायातले हालै भित्र्याएका विद्युतीय बस महिला चालकहरुले...

केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा गर्न अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च

केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा गर्न अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च

भारतमा अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च गरिएको छ। यसको डिजाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...