कारमा हुनुपर्ने ५ स्मार्ट ग्याजेट, जसले कारलाई सुरक्षित र यात्रामा आरामदायक बनाउँछन्
कार किन्नु जति सजिलो छ, त्यसको नियमित मर्मतसम्भार र सुरक्षामा ध्यान दिनु...
काठमाडौं - नेपाल प्रहरीले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।
दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको हो ।
एउटा बस रिङरोडभित्रका सर्वसाधारणलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई चढाउनेछ ।
काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।
नम्बरमा २ नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।

कार किन्नु जति सजिलो छ, त्यसको नियमित मर्मतसम्भार र सुरक्षामा ध्यान दिनु...
काठमाडाैँ – सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि...
स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...