ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्न ऐन संशोधनको तयारी गरिदै

काठमाडौँ - सवारी चालक अनुमतिपत्र १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सरकारले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा थप ५ वर्ष लाइसेन्स नवीकरण गर्नु नपर्ने गरी प्रस्ताव गरेको हो ।

हाल ५-५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था झन्झटिलो भएको भन्दै १०-१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको हो ।

५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानका कारण लाइसेन्स नवीकरण भइरहँदा १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।

नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने भएकाले यसो गर्न लागिएको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १२ वैशाखमा संसद बैठकमै गराएका थिए ।

नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झन्झटिलो पनि हुने भएकाले यसलाई १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रूपमै प्रक्रिया अगाडि बढाएको मङ्गलवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भनेका थिए ।

सरकारले विधेयकमा सवारी जाँचपास तथा प्रदूषण परीक्षणका केन्द्र सञ्चालनको अनुमति निजी क्षेत्रलाई नै नि सक्ने गरी विधेयकमा प्रस्ताव गरेको छ । यस्ता केन्द्रले सवारीहरूको मेकानिकल र इलेक्ट्रिकल अवस्था जाँच गरेर प्रदूषण अवस्था परीक्षण गरी प्रमाणपत्र दिन सक्नेछन् ।

ऐनमा संघीय सरकारले बनाएको सूचना प्रणालीमा प्रदेशहरुले दर्ता हुने सवारीको विवरण, चालक अनुमतिपत्रको विवरण, राजस्व सम्बन्धी विवरण तथा अन्य वैयक्तिक तथा जैविक (बायामेट्रिक्स) विवरणहरु प्रविष्ट गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

सम्बन्धित समाचारहरू

तपाईको ब्लुबुक हरायो ? अब के गर्ने ?

तपाईको ब्लुबुक हरायो ? अब के गर्ने ?

र्दैनिक जीवनमा विभिन्न समस्याको सामना गर्नु पर्ने हुन्छ । ती मध्ये आफ्नो...

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

काठमाडौं – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक...

गण्डकीमा अनलाइन सेवा विस्तार, सवारी दर्ता र नवीकरण आवेदन दिन सकिने 

गण्डकीमा अनलाइन सेवा विस्तार, सवारी दर्ता र नवीकरण आवेदन दिन सकिने 

काठमाडौं – गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...