यातायातमन्त्री महासेठलाई नाडाको २६ बुँदे सुुझाव पेश

काठमाडौं । अटोमोवाइल क्षेत्रका विभिन्न समस्या सम्बन्धमा छलफल भएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसंग भेटघाट तथा छलफल गरी विभिन्न सुुझावहरु पेश गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले मन्त्री महासेठसंग भेटघाट गरेको हो । अध्यक्ष चौधरीले सो मन्त्रालयसंग सम्बन्धित नाडाको विभिन्न सुझावहरु पेश गर्दै सम्बोधन र समाधानका लागि आग्रह समेत गरेका छन् ।

सडक मर्मत सम्भार दस्तुर, सवारी साधन कर, सवारी साधनहरु सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था, अटोमोवाइल कम्पनीको दर्ता प्रक्रिया, इम्बोष्ड नम्वर सवारी साधनमा अनिवार्य लागु गर्ने, दुईपांग्रे सबारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा लिनुपर्ने, सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनुपर्ने, नामसारी, करको भुतmानी अनलाइन मार्फत गर्ने प्रणाली हुनुपर्ने सुुझाव पेश गरिएको छ ।

त्यस्तै अन्य सुुझावहरुमा जरीवानाको दायरा, सरुवा सहमती, सवारी साधन पैठारीकर्ताको लागि छुट्टै डेस्कको स्थापना, सेवाग्राहीलाई सुविधा, रसिदमा एकरुपता हुनुपर्ने, मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने, लाईसेन्स वितरण सहज हुनुपर्ने, दुईपाँगे्र सवारी साधनको वर्गीकरण, सहजीकरणको भूमिका निर्वाह, उच्चस्तरका सवारी साधनको लागि हरियो स्टिकर दिने प्रक्रिया, पाकिङ्गस्थलको अभाव रहेका छन् ।

विशेष आर्थिक क्षेत्र वा औद्योगिक ग्रामको निर्माण, चारजिङ्ग स्टेशनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्था, सवारी चालक तालिमको व्यवस्था, अटोमोवाइल वर्कशपमा रोजगारीको व्यवस्था, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण, सिमेण्ट मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा सुझावहरु मन्त्री महासेठलाई नाडाले पेश गरेको छ ।

मन्त्री महासेठले सवारी साधनको सि.सि.को आधारमा इम्बोष्ड नम्बर प्लेट जारी गर्न सकिने र प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने बताए । सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको वर्गीकरण सि.सि.को आधारमा गर्न सकिने भन्दै सवारी साधनको लागि पार्किङको सुविधा सम्बन्धित वडा कार्यालयले गर्ने, सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका सुझावका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिएका छन् ।

छलफलमा सहभागी नाडाका सचिव विक्रम सिंघानियाले प्रिजेन्टशन मार्फत समेत ती विषयहरुमा जानकारी गराए । मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरु, नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ लगायत छलफलमा सहभागी रहेका थिए ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो आगामी भाद्र ७ देखि १२ सम्म हुने, रजिष्ट्रेसन खुल्दै

नाडा अटो शो आगामी भाद्र ७ देखि १२ सम्म हुने, रजिष्ट्रेसन खुल्दै

काठमाडौं – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालद्वारा प्रत्येक वर्ष आयोजना...

डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख...

आज नाडाको ४७औं साधारण सभा हुँदै, नयाँ कार्यसमिति बन्दै

आज नाडाको ४७औं साधारण सभा हुँदै, नयाँ कार्यसमिति बन्दै

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...