इलेक्ट्रिक कार चलाउँदै हुनुहुन्छ ? जाडो मौसममा यी ५ कुरामा दिनुस् ध्यान

जाडो मौसमको आगमनसँगै सवारीसाधन स्टार्ट गर्ने देखि अन्य काममा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यो मौसममा सवारी साधन पहिलेभन्दा बढी मर्मत गर्नुपर्ने हुन्छ । त्यस्तै, चिसो मौसममा पेट्रोल वा डिजेलका सवारीसाधनभन्दा इलेक्ट्रिक सवारी साधनलाई बढी ख्याल राख्नुपर्ने हुन्छ ।

जाडो मौसममा इलेक्ट्रिक कारलाई सकेसम्म ग्यारेज भित्र पार्क गर्नुपर्छ । चिसो मौसममा कारको ब्याट्री छिट्टै डाउन हुन्छ, जसका कारण कार स्टार्ट गर्न निकै कठिनाइको सामना गर्नुपर्ने हुन्छ । कार ग्यारेजमा पार्क गर्दा यसको तापले ब्याट्रीलाई लामो समयसम्म राम्रोसँग राख्न मद्दत गर्छ।

धेरै इलेक्ट्रिक कारमा मोबाइल नियन्त्रित एप उपलब्ध हुन्छ, जसले कारलाई प्रि-हिट गर्न मद्दत गर्छ। प्रि-कन्डिसनले कारमा सुरुका केही मिनेटमा हुने समस्याबाट बच्न मद्दत गर्छ। साथै आफ्नो यात्रा सुरु गर्नु अघि आफ्नो गाडीको हिटर अन गरेमा, यसले इन्टेरियर भागलाई पनि तातो बनाउँछ ।

जाडो मौसममा लिथियम प्लेटिङ ब्याट्री बढी क्षतिग्रस्त हुन्छ। फास्ट चार्जिङले यो छिटो तातो हुन्छ, जसका कारण लिथियम ब्याट्री भएका कारमा फास्ट चार्जिङ निषेध गरिएको हुन्छ । यस्तो ब्याट्री भएको गाडीलाई सामान्य चार्जरबाट चार्ज गर्नुपर्छ ।

धेरै चिसो हुँदा टायरको एयर प्रेसरमा कमी आउन थाल्छ । त्यसैले गाडीको टायर प्रेसर नियमित जाँच गर्नुपर्छ । टायरको एयर प्रेसर सही छ भने, इलेक्ट्रिक कारले पनि सही रेन्ज प्रदान गर्छ । साथै कारको रेन्ज बढाउन पनि मद्दत गर्छ।

इलेक्ट्रिक कारमा फ्युलबाट चल्ने इन्जिन प्रयोग गर्दैन । त्यसैले कारको क्याबिनलाई न्यानो बनाइराख्न हिटर चलाउँदा कारको ब्याट्री छिटो सकिन्छ । सो समस्याबाट बच्न हिटेड सिट फिचरको प्रयोग गर्नुपर्छ । यसले ईभी कारको रेन्ज बढाउछ र यसलाई बारम्बार चार्ज गर्नु पर्दैन।

सम्बन्धित समाचारहरू

नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ओमोडा ई५ प्रो सार्वजनिक

नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ओमोडा ई५ प्रो सार्वजनिक

नेपालगन्ज – नेपालका लागि ओमोडा जेइको र आईकारको आधिकारिक वितरक पायोनियर...

चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी बनिन् आईकार भी२३ को पहिलो ग्राहक

चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी बनिन् आईकार भी२३ को पहिलो ग्राहक

काठमाडौं–एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल...

इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० : १५ डिलरबाट बुकिङ, १०० युनिट मात्र आउने

इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० : १५ डिलरबाट बुकिङ, १०० युनिट मात्र आउने

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...