यामाहाले ल्यायो एरोक्स १५५ को नयाँ भेरिएन्ट, यस्ता छन् विशेषता
यामाहाले एरोक्स १५५ को नयाँ भेरियन्ट ‘एस’ सार्वजनिक गरेको छ । यसको मूल्य १...
काठमाडौं – यामाहाको नेपालमा उपलब्ध महंगो मोटरसाइकल मध्ये एक यामाहा बोल्ट व्यवसायी पवन घिमिरेले खरिद गरेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित सोरुमबाट उनले ९४२ सीसीको उक्त मोटरसाइकल खरिद गरेका हुन् ।
यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले उक्त मोटरसाइकल घिमिरेलाई हस्तान्तरण गरे । जगदम्बा अटोमोबाइल्स र जय अम्बे ट्रेडिङलगायतका विभिन्न कम्पनीमार्फत अटोमोबाइल व्यवसायमै कार्यरत घिमिरेले आफूलाई मन परेर सो मोटरसाइकल किनेको बताएका छन् । उनीसँग नेपाली बजारमा महंगो मानिने गाडी जिप कम्पास समेत छ ।
यामाहा बोल्टमा ९४२ सीसीको एयरकुल्ड एसओएचसी, भी–ट्विन फोर भल्व इन्जिन जडान गरिएको छ, जसले ५४ पीएसको पावर र ८० एनएमको टर्क जेनेरेट गर्छ । यसमा कम्फर्टेबल टुरिङका लागि राउन्ड सेप हेडल्याम्प र फराकिलो स्प्लिट सिट हुनुका साथै हाइसेट ह्यान्डलबार र ट्रेडिसनल रुपमा पोजिसन गरिएको मिरर छ । यसमा कुनै फेन्सी ग्राफिकल मेकओभर विनै भिन्टेज स्टाइल प्रदान गरिएको छ ।
सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी हुनुका साथै रिल्याक्सयुक्त क्रुजिङकालागि ६९० एमएमको सिट हाइट छ । यसको पछिल्लो भागमा एलईडी टेललाइट र रेट्रो–इन्स्पायर्ड टर्न इन्डिकेटर छ । त्यसैगरी अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र थप अपडेटको रुपमा पोजिसन ल्याम्प रहेको छ । डबल क्र्याडल फ्रेममा निर्माण गरिएको सो बाइकमा ४१ एमएमको टेलिस्कोपिक फ्रन्ट फोर्क्स र ड्युअल सक एब्जर्बर छ । यसमा सिंगल डिस्क ब्रेकका साथै एबीएस स्ट्यान्डर्डको रुपमा छ । कम्पनीले भि–ट्विन इन्जिनमा ल्याएको सो बबर मोटरसाइकल अहिले चर्चामा छ ।
यसको मूल्य नेपाली बजारमा ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यामाहाले एरोक्स १५५ को नयाँ भेरियन्ट ‘एस’ सार्वजनिक गरेको छ । यसको मूल्य १...
यामाहाले इन्डोनेसिया, थाइल्यान्ड र अन्य दक्षिण पूर्वी एसियाली...
यामाहाको नियो रेट्रो मोटरसाइकल एक्सएसआर १५५ अन्ततः भारतीय बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...