बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पठाओले सेयर राइडिङ सर्भिस दिन थालेको २ वर्ष नाघ्यो । यो अवधिमा विभिन्न बाधा अड्चन पार गर्दै पठाओले आफ्ना सेवाको थप बिस्तार गर्दै गइरहेको छ । नयाँ कामको थालनी गर्दा आउने झमेलासँग पठाओका निर्देशक
असिम मान सिंह बस्न्यात निकै परिचित छन् । त्यसो त सुरुवाती दिनमा सरकारी पक्षबाट उत्पन्न समस्याबाट उनी कत्ति पनि विचलित भएनन् । बरु समस्या समाधानको बाटो पहिल्याए । त्यसो त ६, ७ जनाको समूह मिलेर सुरु गरेको पठाओले यतिबेला आमनागरिकमा बेग्लै छाप बनाएको छ ।
सुरुमा पठाओ के हो ? भन्ने नै नबुझेका अधिकांश मानिसहरु अहिले फूर्सदको समय होस् या हतारको बेला कतै यात्रा गर्नुपर्यो भने पठाओ सम्झन्छन् । अझै कोरोना महामारीपछि पठाओ आम नागरिकका लागि एउटा भरपर्दो सेवा बनेको छ । सार्वजनिक यातायातको भीडभाडबाट जोगिनका लागि पछिल्लो समय अधिकांशले पठाओ प्रयोग गर्दै आएका छन् । त्यसो त बस्न्यात अहिलेको यो सफलतालाई सपना जस्तै ठान्छन् । ‘हामी ६, ७ जना साथीहरु मिलेर यो सेवा सुरु गर्यौैं । सुरुमा निकै गाह्रो भयो,’ उनी भन्छन्, ‘सुरुमा त हामीलाई आमनागरिकलाई यसको बारेमा बुझाउन नै कठिन भयो, बुझाउने क्रममा धेरै गाली पनि खाइयो । पछि सरकारी तवरबाट पनि उस्तै बाधाहरु उत्पन्न भए । तैपनि हामीले पाएको यो सफलता सपना जस्तै लाग्छ ।’
कोरोनाका कारण देश पूर्ण रुपमा लकडाउन भएपछि पठाओले दिँदै आएको सेवा पनि अवरुद्ध भयो । तर, लकडाउनको केही महिनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहायक प्रजिअको संयोजकत्वमा एउटा समिति बनाएर पठाओ लगायतका राइड सेयरिङ कम्पनीलाई कसरी सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी दियो । त्यो समितिको सुझाव अनुसार कोरोना कहरकै बीचमा पठाओ लगायतका कम्पनीले फेरि सेवा सुरु गरेका थिए ।
पठाओले अहिले १ सयभन्दा कम राइडरलाई खटाएको निर्देशक बस्न्यात बताउँछन् । ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्दै हामीले हाम्रा राइडरहरुलाई काम दिइरहेका छौं,’ उनले भने, ‘अहिले हाम्रा एकसयभन्दा कम राइडरले सेवा दिइरहनुभएको छ । जोर बिजोर भएकाले एकजना राइडरले एक दिन बिराएर सेवा दिइरहनुभएको छ ।’
अन्य ठाउँमा काम गर्दै पठाओ चलाउँदै आएका कतिपय राइडरहरुको कोरोनाका कारण रोजगारी गुमेको छ । तर, पठाओमार्फत नियमित सेवामा खटिँदा उनीहरुको दैनिकी चल्न केही हदसम्म सहज भएको बस्न्यात बताउँछन् । ‘यो बीचमा हाम्रा राइडरहरु पहिलाको तुलनामा धेरै खटिनुभएको छ,’ उनी भन्छन्, ‘निरन्तर खटिने राइडरले दैनिक राम्रो कमाइ गर्नुहुन्छ ।’
घर–घरमा फुड डेलिभरी सेवा
पठाओले अहिले मोटरसाइकल र ट्याक्सीबाट सेवा दिइरहेको छ । यसका साथै कोरोना कहरकै बीच पठाओले १ महिनायता फुड डेलिभरी सुरु गरेको छ । यसले आमनागरिकलाई कोरोना संक्रमणबाट जोगिन थप मद्दत गरेको बस्नेत बताउँछन् । फुड डेलिभरी गरेबापत १ सय रुपैयाँ डेलिभरी चार्ज लाग्छ । जसका लागि पठाओ प्रयोगकर्ताले आफू बसेको ठाउँबाट ४ किलोमिटर भित्रका होटल, रेष्टुरेन्ट तथा फुड डेलिभरी कम्पनीको मेनु हेरेर अर्डर गर्न सकिन्छ ।
त्यहाँ खाना अथवा खाजा अर्डर भएपछि पठाओका राइडरले त्यहाँ पुगेर फुड डेलिभरी गरिदिने छन् । यो अवधिमा फुड डेलिभरीमा सबैभन्दा छिटो पठाओ रहेको बस्न्यात दाबी गर्छन् । ‘हामीले छिटोमा २५ देखि ३० मिनेटभित्रमा फुड डेलिभरी गरिदिन्छौं,’ उनी भन्छन्, ‘हाम्रो सेवाले सेवाग्राहीहरु खुशी हुनुहुन्छ ।’ सुरु भएको एक महिनाकै अवधिमा ५ हजार जना सेवाग्राहीले फुड डेलिभरी सेवा लिइरहेका छन् । यो अवधिमा १५ हजारभन्दा बढी पटक यो सेवा लिइएको पठाओले जनाएको छ ।
पठाओमै गेम
पठाओले आफ्नो एपमा गेम पनि राखेको छ । एपमा रमाइला गेम छन् । जसलाई फुर्सदको समयमा जोकोहिले पनि खेल्न सक्छन् । एपमा विभिन्न प्रकारका गेम छन् । जुन एक हप्तामा परिवर्तन हुन्छ । धेरैले एपमा गएर खेल खेल्ने गरेको बस्न्यात बताउँछन् । आगामी दिनमा एपमार्फत नै गेम कम्पिटिसन गराउने योजना रहेको उनले बताए । ६, ७ जनाबाट सुरु भएको पठाओको यतिबेला ६० जनाभन्दा बढीको टिम छ । अझै कर्मचारी थप्ने योजना रहेको बस्न्यात बताउँछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...