अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पठाओले गर्‍यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले विभिन्न विधामा पठाओ राइडर, क्याप्टेन, पठाओ हिरो (फुड डेलिभरी पर्सन) र टुकटुक चालकहरूलाई सम्मान गरेको छ ।

कम्पनीले काठमाडौँ र चितवनमा “पठाओ वार्षिक सम्मान कार्यक्रम” आयोजना गरि वि. सं. २०७९ भरिमा उत्कृष्ट सेवा प्रदान गर्नेहरुलाई ३५ विभिन्न विधामा सम्मान गरेको हो । यस्तै पठाओ फुडमा आवद्ध रेस्टुरेन्टलाई समेत विभिन्न ५ विधामा अवार्ड दिइएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा सबैभन्दा कम उमेरका अर्जुन कुमार ठाकुरले द राइजिङ राइडर, सर्वाधिक राइड गर्नेमध्ये ज्ञानबहादुर चौहानले द टायरलेस राइडर, राम्रो रेटिङतर्फ मनोज करन्जितले युजर्स फेभोराइट राइडर, सुदर्शन मणि डंगोलले द डेडिकेटेड राइडर, सबैभन्दा लामो समय देखि आवद्ध लाइफटाइम एचिभमेन्टतर्फ घनश्याम घर्ती मगरले द भेट्रान राइडर, धेरै राइड लिने र सस्पेन्डेड नहुने तर्फ हरि गोपाल न्यौपानेले द अनरेबल राइडर, सबैभन्दा धेरै दिन राइड गर्ने बिर बहादुर कार्कीले द इनर्जेटिक राइडर र देवीप्रसाद श्रेष्ठले द सिनिअर राइडरको अवार्ड प्राप्त गरेका छन् ।

पठाओले क्याप्टेन (ट्याक्सी चालक) तर्फ विभिन्न विधामा ८ जनालाई सम्मान गरेको छ । इशक लिम्बुलाई द राइजिङ क्याप्टेन, पासाङ तामाङलाई द टायरलेस क्याप्टेन, राज कुमार तामाङलाई युजर्स फेभोराइट क्याप्टेन, खडक बहादुर ढकाललाई द डेडिकेटेड क्याप्टेन, रत्नबहादुर तामाङलाई द भेट्रान क्याप्टेन, बुद्धिराज कार्कीलाई द अनरेवल क्याप्टेन, खेमबहादुर बस्नेतलाई द इनर्जेटिक क्याप्टेन र प्रेम बहादुर बरमलाई द सिनिअर क्याप्टेन अवार्ड दिइएको छ ।

कम्पनीले पठाओ हिरो (फुड डेलिभरी) तर्फ आनन्द कुमार महतोलाई द राइजिङ पठाओ हिरो, द सुपरस्टर पठाओ हिरो, सबैभन्दा धेरै फुड अर्डर डेलिभर गर्ने सञ्जय भुजेललाई द टायरलेस पठाओ हिरो, डेडिकेटेड पठाओ हिरो समीर लामालाई, लाइफटाइम एचिभमेन्टतर्फ अनिल चौलागाईंलाई द क्लासिक पठाओ हिरो, बेस्ट कम्युनिकेसनतर्फ चेतबहादुर बोहरालाई द जोय गिभर पठाओ हिरो, सुदर सिङ राईलाई एभर फ्रेस हिरो र गोपाल राज बिकेलाई द सिनिअर पठाओ हिरोको अवार्ड दिइएको छ ।

कम्पनीले अपाङ्गता भएका दुई जनालाई मस्ट इम्पाओर्ड राइडर अवार्ड प्रदान गरेको छ । सो अवार्ड पाउनेहरूमा रघुनाथ बस्नेत र सोमनाथ राई रहेका छन् ।

यस्तै सोसल कजतर्फ दुई जनालाई द हेल्पिङ ह्याण्ड्स अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड पाउनेहरूमा राजकुमार तामाङ र सुरेश कुमार मगर रहेका छन् ।

कम्पनीले रेष्टुरेन्टतर्फ भेरा पिज्जालाई द बेस्ट बेकर अवार्ड, पिज्जा प्लानेटलाई द एप्टिजिङ अवार्ड, केकेएफसीलाई बेस्ट चिकेन इन टाउन अवार्ड, मुघल इम्पायरलाई द फ्लेभरसम अवार्ड र डल्ले रेष्टुरेन्टलाई द मस्ट लभ्ड् अवार्ड प्रदान गरिएको छ ।

पठाओको सर्बोत्कृष्ट राइडर तर्फ सुदन अधिकारी र कल्पना राईले अवार्ड हात पारेका छन् । सर्बोत्कृष्ट क्याप्टेनतर्फ पश्चीनारायण तामाङ र मुना तामाङले पाएका छन् ।

यस्तै पठाओ हिरोतर्फ बेस्ट पफर्मिङ पठाओ हिरो दुई जनालाई दिइएको छ । जसमा पुरुषतर्फ मिसउल आलम र महिलातर्फ सिर्जना नेपाली छन् ।

त्यस्तै पठाओले चितवनमा समेत कार्यक्रम गरि चितवनमा आवद्ध राइडर र टुकटुक चालकलाई अवार्ड प्रदान गरेको छ । चितवनमा बाइक तर्फ सबैभन्दा धेरै राइड गर्दै दिपेन्द्र कार्कीले द टायरलेस राइडर, प्रकाश अर्यालले डेडिकेटेड राइडर र पल्साङ तामाङले युजर फेवरेट अवार्ड प्राप्त गरे । त्यस्तै टुकटुकतर्फ गणेश अधिकारीले द टायरलेस टुकटुक चालक, वीर बहादुर मोक्तानले डेडिकेटेड टुकटुक चालक र भुवन भण्डारीले युजर फेवरेट टुकटुक चालक अवार्ड प्राप्त गरे ।

‘सबै कामलाई सम्मान गर्नु, एउटै नजरले हेर्न र सोचहरूमा सकारात्मक परिवर्तन ल्याउन सकौं भन्ने आशा सहित कार्यक्रम आयोजना गरेका हौं,’ पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले भने ।

कार्यक्रममा थापाले पठाओ नेपालले करिब डेढ लाख जनालाई स्वरोजगारी दिएको बताए । उनले ४० लाख भन्दा बढी नेपाली विदेशिनुपरेको अवस्थालाई पठाओले थोरै भएपनि मल्हम लगाएको उल्लेख गरे । उनले सुरक्षित र सुनिश्चित राइडको लागि अनलाइन राइड मात्र लिनुपर्ने बताए ।

गत वर्षदेखि पठाओले वार्षिक रूपमा सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । कम्पनीले आगामी वर्षहरूमा पनि आफ्ना राइडर, क्याप्टेन तथा हिरोहरूलाई विभिन्न विधामा सम्मान गरि कामप्रति उत्प्रेरणा जगाउँदै जाने बताएको छ ।

सम्बन्धित समाचारहरू

प्रदेश नम्बर १ मा यस्तो छ सवारी साधनको कर : तपाईले तिर्नु भयो ?

प्रदेश नम्बर १ मा यस्तो छ सवारी साधनको कर : तपाईले तिर्नु भयो ?

प्रदेश नम्बर १ मा विभिन्न सवारी साधनको लागि विभिन्न दरको कर तिर्नु पर्ने...

तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

बिगत तीन बर्षदेखि आयात मात्र हुँदै आएको रसुवागढी नाकाबाट निर्यात सुरु...

उपत्यकाका तीनै जिल्लाबाट ट्राफिक सचेतना कक्षा सुरु हुने

उपत्यकाका तीनै जिल्लाबाट ट्राफिक सचेतना कक्षा सुरु हुने

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...