पशुपति दर्शन गर्न जाँदै हुनुहुन्छ ? यस्तो छ पशुपति मन्दिर क्षेत्रको ट्राफिक व्यवस्थापन

महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा हुने भक्तजनको घुँइचोलाई लक्षित गर्दै प्रहरीले सवारी डाइभर्सन गरेको छ। प्रहरीले महाशिवरात्रीलाई लक्षित गरी ५१३ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटाएको छ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गर्ने व्यवस्था गरेको हो।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई आग्रह गरेका छन्।

प्रहरीले सिफलचौरमा दर्शनार्थीहरुका लागि पार्किङको व्यवस्था गरेको छ। त्यस्तै, कोषको कार्यालयमा सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। गुहेश्वरी पारी पनि तिर्थयात्री र दर्शानार्थीहरुले पार्किङ गर्न पाउनेछन्।

सम्बन्धित समाचारहरू

दशैको अग्रिम टिकट बुकिङ वारे आज निर्णय हुने

दशैको अग्रिम टिकट बुकिङ वारे आज निर्णय हुने

काठमाडौं – दशै नजिकिदै गर्दा राजधानीबाट वाहिरिने यात्रुहरुका लागि अग्रिम...

आज न्यु इयर इभ : यसकारण नचलाउनुस् सवारी साधन

आज न्यु इयर इभ : यसकारण नचलाउनुस् सवारी साधन

आज न्यु इयर इभ हो । सन् २०२१ विदा भएर भोलि देखि २०२२ लाग्दैछ । आज संसारभर...

को होला यी सवारी साधनको हकदार ? खोजी गर्दैछ प्रहरी

को होला यी सवारी साधनको हकदार ? खोजी गर्दैछ प्रहरी

झापा- जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...