विश्वको पहिलो सोलार इलेक्ट्रिक कार, जुन महिनौंसम्म चार्ज नगरी चल्ने छ
विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट...
काठमाडौँ - फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरूलाई प्रतिवन्ध लगाइने भएको छ । शुक्रवारबाट शहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरू चलाउन नपाइने भएको हो ।
यस वर्षको अप्रिल २ मा १ लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रि स्कुटर, अपरेटर र पेरिस शहरकोबीचमा भएको सम्झौताको बिरुद्धमा मतदान गरे ।
इलेक्ट्रिक स्कुटर सार्वजनिक रूपमा भाडामा लिएर चलाउन पाउने अभियान सन् २०१८ मा शुरु गरिएको थियो । एक पेरिस निवासीले विद्युतीय सार्वजनिक स्कुटर हटाउनु राम्रो नभएको बताएका छन् । मेट्रो र आफैँ निजी सवारी चलाउन नसक्नेहरुका लागि सार्वजनिक विद्युतीय स्कुटर राम्रो भएको बताए ।
अर्का एक स्थानीयले इलेक्ट्रिक स्कुटर आरामदायी रहेको बताए । उनले नजिकैको स्थानमा घुम्नको लागि यो एकमात्र सही साधन भएको बताए । केही दुर्घटना हुनेकुरा सामान्य भएको र त्यसलाई कम गद लैजान सकिने उनको मनाइ थियो । सार्वजनिक यातायात सबै बन्द भइसकेपछि इलेक्ट्रिक स्कुटर नै एकमात्र माध्यम बन्ने बताए । ट्याक्सी भन्दा सस्तो भएकाले यसले धेरै मानिसहरूलाई सहज बनाउनेछ । ई।स्कुटर प्रतिवन्ध लगाउनु राम्रो विचार नभएको उनको भनाइ छ ।
ई।स्कुटर प्रतिवन्ध लगाउँदा पैदल यात्रु दुर्घटनाबाट बच्ने उनको भनाइ छ । ई स्कुटर चलाउनेले ट्राफिक नियमको पालना नगर्दा धेरै दुर्घटना भएकाले यो निर्णय गरिएको हुनसक्ने बताए ।
विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट...
केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको...
राम्रो ब्याट्री रेन्ज भएका इलेक्ट्रिक कारको माग विश्वव्यापी रुपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...