बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चितवन – चितवन अटो मेकानिकल व्यवसायी संघको अध्यक्षमा प्रेमप्रसाद पाण्डे निर्वाचित भएका छन् ।
संघको शनिबार सम्पन्न २० औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशनबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा योगराज ढकाल, प्रथम उपाध्यक्षमा दिल्लीराम महतो थारु, द्वितीय उपाध्यक्षमा प्रेमनारायण न्यौपाने, महासचिवमा प्रकाश पाठक, सचिवमा अनन्तराज भण्डारी, कोषाध्यक्षमा कमलप्रसाद उपाध्याय र सह–कोषाध्यक्षमा उपेन्द्र साह निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा जीवन घताने, अर्जुन कुमार श्रेष्ठ, भीमबहादुर तामाङ, राजकुमार राउत, अनुपबाबु सुवेदी, सूर्यप्रसाद भट्टराई र अबजल अहमद निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।
चितवन जिल्लामा छरिएर रहेका चार पांग्रे देखि त्यो भन्दा माथिल्लो स्तरका १४ चक्के सम्मका लाइट तथा हेभी गाडीहरुका मेकानिक्सहरु एकजुट हुनुपर्छ भन्ने अभिप्रायका साथ २०५४ भदौ २३ मा चितवन अटो मेकानिकल व्यवसायी संघको स्थापना भएको थियो ।
तत्कालीन समयमा जगतबहादुर श्रेष्ठको अध्यक्षतामा स्थापना भएको संघमा हाल करिव ३ सय ५० सदस्य छन् । चितवनको नारायणघाट, भरतपुर, टाँडी, पर्सा देखि रामनगर र मुग्लिन सम्म मात्र होइन, नारायणघाटसँग जोडिएको गैडाकोटका मेकानिक्स समेत संघमा आवद्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...