बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं - सवारी चालकको अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि अब एउटा डिभाइसबाट एक पटकमात्रै आवेदन दिन पाइने भएको छ । अनलाइन आवेदनमा विचौलियाको बिगबिगीलाई अन्त्य गर्न यातायात व्यवस्था विभागले नयाँ व्यवस्था ल्याएकाे हाे ।
विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्नेहुँदा साधारण सेवाग्राहीले अनलाइन आवेदन दिने प्रयास गर्दा समस्या आएको भन्दै विभागले नयाँ व्यवस्था ल्याएकाे हाे ।
विभागका अनुसार यो नीति लागू भएसँगै अब एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन सकिने छ ।
यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मेसिन’ भन्दै नोटिफिकेसन देखाउँछ ।
विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालका अनुसार हाल लकडाउनका कारण लाइसेन्स लिन नपाएका ९ लाख बढी सेवाग्राहीहरु लाइसेन्सको अनलाइन आवेदन दिने तयारीमा रहेको अनुमान छ । पछिल्लो समय ठूलो संख्यामा सेवाग्राहीहरुले लाइसेन्सको आवेदन दिइसकेकोले सर्भरमा विस्तारै चाप कम हुँदै जाने उनले जानकारी दिए ।
विभागका महानिर्देशक गगनबहादुर हमालका अनुसार पछिल्लो समय दलालहरुले नै लाइसेन्सको अनलाइन आवेदन सर्वसाधारणसँग पैसा लिएर गर्ने गरेकाले यस्तो व्यवस्था गर्नुपरेको हो । उनले विचौलियाले वेबसाइटमा एकैपटकमा धेरै आवेदन लोड गर्ने गरेकाले सर्भरमा समस्या उत्पन्न भएकाले सर्वसाधारणलाई समस्या परेको भन्दै विभागमा गुनासो आएपछि यस्तो कदम चालेको बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...