यातायात कार्यालय एकान्तकुनामा आजदेखि अनलाइन सेवा सुरु, लामो लाइनमा वस्नु नपर्ने

काठमाडौं– सेवाग्राहीको सर्वाधिक भीड हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबारदेखि अनलाइन सेवा सुभारम्भ गरेको छ । अनलाईन सेवा सुरु भएपछि सर्वाधिक भीड हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भीड कम हुने आँकलन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले विहीबार एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन् ।

दैनिक हजारौ सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए । ‘आजदेखि त्यो लाइन पूर्णरुपमा हट्नेछ’, मन्त्री ज्वालाले भने ‘दैनिक हजारौ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।’

नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । तर विहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नविकरण र बर्ग थप अनलाइनबाटै हुने भएको छ ।

सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ । अन्य सवै कामहरु घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए ।

सम्बन्धित समाचारहरू

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...

ड्राइभिङ लाइसेन्स अनलाइन भर्न सकिने, भुक्तानी भने सम्बन्धित कार्यालयमै गएर गर्न अनुरोध

ड्राइभिङ लाइसेन्स अनलाइन भर्न सकिने, भुक्तानी भने सम्बन्धित कार्यालयमै गएर गर्न अनुरोध

काठमाडौं – सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनका क्रममा ओटीपी कोड नै...

निर्वाचन पश्चात जेठ ४ देखि नयाँ लाइसेन्सको आवेदन खुल्ने, १५ दिनमै ट्रायल लिइने

निर्वाचन पश्चात जेठ ४ देखि नयाँ लाइसेन्सको आवेदन खुल्ने, १५ दिनमै ट्रायल लिइने

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि १५ दिन भित्रै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...