२०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको ३२८ बुकिङ, सुदृढ गर्दै अन्तर्राष्ट्रिय उपस्थिति
इन्डोनेसियामा सम्पन्न २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको...
काठमाडौँ — नेपाली बजारमा लोकप्रिय बन्दै गएको विद्युयित कार ओमोडाले नयाँ एक्सचेन्ज अफर ल्याएको छ । ओमोडाको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ल्याएको यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई५ खरिद गर्दा १ लाख ५० हजार रुपैँया एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।
साथै प्रत्येक खरीदमा ग्राहकलाई ७ किलोवाट चार्जर पनि प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना अवधीभर ओमोडा ई५ को सीमित स्टकसँग आफ्नो गाडी एक्सचेन्ज गर्ने ग्राहकले विभिन्न आकर्षक लाभहरू प्राप्त गर्नेछन् ।
सिमित स्टकका ओमोडा ई५ प्रि बजेट मूल्यमा खरिद गर्न सकिने र चालु आर्थिक वर्षको लागि सडक कर (रोडट्याक्स)मा पूर्ण छुट पाइने कम्पनीले जनाएको छ । साथै, नगद छुट, निशुल्क टि–बक्स र प्रत्येक एक्स्चेन्जमा ७ किलोवाटको चार्जर समेत निःशुल्क पाउन सकिनेछ । ई५ लाई कम्पनीले ६१ लाख ९९ हजारमा बिक्री गर्दै आएको छ ।
गत फेब्रुअरीमा सार्वजनिक गरे देखिनै ओमोडा ई५ प्रति नेपाली बजारले देखाएको सकारात्मक प्रतिक्रियाबाट आँफूहरु निकै उत्साहित बनेको एसपिजि अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक गौरव शारडाले बताए । ‘ओमोडा गाडी खरिद गरी विद्युतीय सवारीसाधनतर्फ ‘अपग्रेड’ हुन चाहने नेपालीहरूका लागि यो अफर प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले सबै नेपालीलाई दिगो सवारीसाधनतर्फ उन्मुख गराउन र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र आकर्षक सुविधाहरू प्रदान गरी सहयोग पुर्याईरहेका छौं’ उने भने ।
इन्डोनेसियामा सम्पन्न २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको...
काठमाडौं– ग्रेटवाल गाडीको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स...
काठमाडौं– सीजी मोटर्सले एक हप्तासम्म चल्ने ईभी एक्सचेन्ज मेला सुरु गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...