ओमोडा ई५ प्रो नेपाली बजारमा, यस्तो छ मूल्य र बिशेषता

काठमाडौं - ओमोडा एन्ड जेइको ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा ई५ को फेसलिफ्ट भर्सन ‘ओमोडा ई-५ प्रो’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नयाँ कार लन्च गरिएको हो ।

५०.७ किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको यस कारले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । कारमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ, जसले २८८ एनएम टर्क जेनेरेट गर्दछ ।

ओमोडाको फ्युचरिस्टिक डिजाइन दर्शनमा आधारित यस ईभीमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल, र विशेष प्यान्थम विङ टेललाइटहरु समावेश गरिएका छन् ।

५ स्टार सेफ्टी रेटिङ पाएको यस कारमा ७ वटा एयरब्याग र १९ भन्दा बढी एडास (उन्नत चालक सहायताप्रणाली) फिचर र ५४०-डिग्री सराउन्ड भ्यु क्यामेरा लगायत विशेषता दिइएका छन । 

यसको इन्टेरियरमा १५.६ इन्चको ठुलो टचस्क्रिन, ड्राइभर मसाज सिट, ८सोनी स्पिकर र ५० वाटको फास्ट वायरलेस चार्जर लगायत अन्य थुप्रै अत्याधुनिक फिचर पाउन सकिन्छ । आठवटा आकर्षक रङहरूमा उपलब्ध यस कारको ग्राउन्ड क्लियरेन्स १९१ एमएम रहेको छ ।

कम्पनीले ओमोडा ओमोडा ई-५ प्रोको सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार र डुअल टोनको ५१ लाख ९९ हजार तोकेको छ । यद्यपि सुरुवाती ५० जना ग्राहकले भने ४९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यसअघि नै १५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिदै नयाँ ई५ प्रो अझ उन्नत प्रबिधी, प्रीमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको हो ।

सम्बन्धित समाचारहरू

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

स्लोभाकियामा उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने...

प्रि–सेल सुरु भएको १ हप्तामै जिकर ७ एक्सलाई २० हजार अर्डर

प्रि–सेल सुरु भएको १ हप्तामै जिकर ७ एक्सलाई २० हजार अर्डर

काठमाडौं– जिकरको नयाँ ईभी ७ एक्सले प्रि–सेल सुरु भएको १ हप्तामै २० हजार...

निसान गाडी किन्न नबिल बैंकले अटो लोन दिने, बेस रेटमा ३.५० देखि ५ प्रतिशत बढी ब्याजदर

निसान गाडी किन्न नबिल बैंकले अटो लोन दिने, बेस रेटमा ३.५० देखि ५ प्रतिशत बढी ब्याजदर

काठमाडौं – नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर माटोकर्प...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...