युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल विजेता बन्यो ओएमजी बाबाज, पायो ५० हजार नगद

काठमाडौं – युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल टुर्नामेन्ट २०७९ को विजेता ओएमजी बाबाज टिम बनेको छ । ३ दिन सम्म २० टिम बीच सम्पन्न प्रतियोगितामार्फत ओएमजी बाबाजले फाइनलमा विनायक सिद्धिलाई हराएर विजेता बनेको हो ।

विजेताले ओएमजी बाबाजले ५० हजार र उपविजेता विनायक सिद्धिले २५ हजार नगद पुरस्कार पाएका छन् ।

पहिलो पटक आयोजना गरिएको सो फुटसल प्रतियोगिताका विजेताहरुलाई युनिराइड एन्ड रेस अटोका सञ्चालक निर्मल सिग्देलले पुरस्कार हस्तान्तरण गरे । कलेज र कर्पोरेट गरी २० टिमको सहभागिता रहेको प्रतियोगिताका उद्घाटन टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिका सीईओ दीपक अग्रवालले गरेका थिए ।

विजेताहरुलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । साथै विजेताले विभिन्न संस्थाहरुबाट पुरस्कार तथा छात्रवृत्ति पाउने सिग्देलले बताए ।

युनि राइडले स्थापनाकालदेखि नै कार्यक्रम तथा संस्थाको विधान अन्तर्गत महिला, बालबालिका तथा युवाहरुलाई लक्षित गरि बेलाबेला विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । युनिराइड तथा रेस अटोले टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको डिलरको रुपमा कार्य गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्रीले उच्च बृद्धिदर कायम गरेको छ ।...

टीभीएस रोनिनवारे जान्नैपर्ने ५ तथ्य

टीभीएस रोनिनवारे जान्नैपर्ने ५ तथ्य

टीभीएसले केहीदिन अघिमात्र मोडर्न रेट्रो मोटरसाइकल रोनिन लन्च गरेको छ । यो...

१३ हजारसम्मले महंगो भयो टिभिएस बाइक, यस्तो छ ७ मोडलमा वढेको नयाँ मूल्य

१३ हजारसम्मले महंगो भयो टिभिएस बाइक, यस्तो छ ७ मोडलमा वढेको नयाँ मूल्य

टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...