ओलाले आफ्नो पहिलो इलेक्ट्रिक बाइक सन् २०२६ मा लन्च गर्ने

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ । ओलाको पहिलो इलेक्ट्रिक बाइक सन् २०२६ मा भारतीय बजारमा आउनेछ । कम्पनीले ४ वटा इलेक्ट्रिक बाइक उत्पादन गर्ने योजना बनाएको छ । गत वर्ष ओलाले डायमण्डहेड, एडभेन्चर, रोडस्टर र क्रुजर डिजाइनका ४ नयाँ बाइक सार्वजनिक गरेको थियो ।

कम्पनीले सन् २०२६ को पहिलो ६ महिनामा यी मोटरसाइकल उपलब्ध गराउने योजनामा ​​काम गरिरहेको छ । साथै कम्पनीले मोटरसाइकलसँगै उत्पादन पोर्टफोलियोलाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

ओला इलेक्ट्रिकले हालै आफ्ना ३ वटा मोटरसाइकल र रिमुभेवल इलेक्ट्रिक ब्याट्रीको डिजाइनका लागि पेटेन्ट दर्ता गरेको थियो  ओला कम्पनीले विद्युतीय दुई पाङ्ग्रेमा ३० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

ओलाले हाल ३ इलेक्ट्रिक स्कुटर एस१ प्रो, एस१ एयर र एस१ एक्स बिक्री गरिरहेको छ । ओलाका इलेक्ट्रिक स्कुटरले बजाज अटो, टीभीएस मोटर र एथरका इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्छ। बाइक सेग्मेन्टमा ओलाले ओबेन, हप, ओकिनावा, रिभोल्ट र कबिरालगायत अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

अग्नि ग्रुपले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड बीजी, दुई मोडल उपलब्ध

अग्नि ग्रुपले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड बीजी, दुई मोडल उपलब्ध

काठमाडौं – अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटोइंक प्रालिले नाइमा...

आगामी मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो हुदै

आगामी मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो हुदै

काठमाडौँ – आगामी मंसिर १६, १७ र १८ गते काठमाडौंको भृकुटीमण्डपमा एसडी...

२ दिनपछि ओकिनावाले १५० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर ल्याउने

२ दिनपछि ओकिनावाले १५० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर ल्याउने

भारतीय इलेक्ट्रिक स्कुटर निर्माता ओकिनावाले २४ मार्चमा नयाँ इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...