८० हजार भारुमा लन्च भयो ओलाको सस्तो स्कुटर

ओलाले हिँजो नयाँ स्कुटर एस१ एयर सार्वजनिक गरेको छ । ८० हजार भारु मूल्यमा लन्च गरिएको यो स्कुटर ओलाको सवैभन्दा सस्तो मोडल हो । यसअघि एस सिरिजमा एस १ र एस १ प्रो विक्री गर्दै आएको कम्पनीले यो स्कुटरमा केही नयाँ फिचर्स थप गरेको छ ।

एस१ र एस१ प्रोको तुलनमा हलुका वडी फ्रेममा निर्माण गरिएको यो स्कुटरको तौल ९९ किलोग्राम रहेको छ । यसमा इको, नर्मल र स्पोर्टस गरी भिन्न राइडिङ मोड उपलब्ध गराइएको छ । कम्पनीले एस १ र एस १ प्रोमा दिएको सिंगल सस्पेन्सनलाई परिर्वतन गरेर एस १ एयरमा टेलिस्कोपिक सस्पेन्सन दिएको छ । त्यस्तै एलोई ह्विलको समेत प्रयोग गरेको छ ।

यो नयाँ स्कुटरमा २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री र ४.५ किलोवाट हव मोटर दिइएको छ । जसलाई ४ घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ र एकपटक फुल चार्ज गरेपछि १०१ किलोमिटरसम्मको यात्रा तय गर्न सकिने दावी गरिएको छ ।

यो सस्तो मोडलमा समेत ओलाले अन्यमा जस्तै ७ इन्चको टिएफटी टच स्क्रीन डिस्प्ले, ३४ लिटर क्षमताको बुट स्पेस, स्मार्टफोन कनेक्टिभिटी, स्पीकर जस्ता फिचर दिइएको छ । ओलाका स्कुटर नेपाली बजारमा समेत उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

विद्युतीय कार किन्ने निर्णय लिनु पहिले यसका फाइदा र सीमितता जान्नु आवश्यक

विद्युतीय कार किन्ने निर्णय लिनु पहिले यसका फाइदा र सीमितता जान्नु आवश्यक

विद्युतीय कारमा के तपाईंको रुचि छ ? हुनसक्छ, तपाईंले आफ्नो अर्को कार...

११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी

११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी

चाइनिज ईभी ब्रान्ड बीवाईडीले नोभेम्बर महिनामा ५ लाख ६ हजार ८ सय भन्दा बढी...

१३ वर्षीया बालिकालाई ४४ लाखको औडी कार उपहार, इन्स्टाग्राममा एक करोड फ्लोअर्स

१३ वर्षीया बालिकालाई ४४ लाखको औडी कार उपहार, इन्स्टाग्राममा एक करोड फ्लोअर्स

१३ वर्षीया रिभा अरोराले इन्स्टाग्राममा १ करोड फ्लोअर्स पूरा गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...