बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने
बुटवल – रुपन्देही र कपिलवस्तु जिल्लाका केही स्थानमा सुन्दर यातायातका...
ओलाले हिँजो नयाँ स्कुटर एस१ एयर सार्वजनिक गरेको छ । ८० हजार भारु मूल्यमा लन्च गरिएको यो स्कुटर ओलाको सवैभन्दा सस्तो मोडल हो । यसअघि एस सिरिजमा एस १ र एस १ प्रो विक्री गर्दै आएको कम्पनीले यो स्कुटरमा केही नयाँ फिचर्स थप गरेको छ ।
एस१ र एस१ प्रोको तुलनमा हलुका वडी फ्रेममा निर्माण गरिएको यो स्कुटरको तौल ९९ किलोग्राम रहेको छ । यसमा इको, नर्मल र स्पोर्टस गरी भिन्न राइडिङ मोड उपलब्ध गराइएको छ । कम्पनीले एस १ र एस १ प्रोमा दिएको सिंगल सस्पेन्सनलाई परिर्वतन गरेर एस १ एयरमा टेलिस्कोपिक सस्पेन्सन दिएको छ । त्यस्तै एलोई ह्विलको समेत प्रयोग गरेको छ ।
यो नयाँ स्कुटरमा २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री र ४.५ किलोवाट हव मोटर दिइएको छ । जसलाई ४ घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ र एकपटक फुल चार्ज गरेपछि १०१ किलोमिटरसम्मको यात्रा तय गर्न सकिने दावी गरिएको छ ।
यो सस्तो मोडलमा समेत ओलाले अन्यमा जस्तै ७ इन्चको टिएफटी टच स्क्रीन डिस्प्ले, ३४ लिटर क्षमताको बुट स्पेस, स्मार्टफोन कनेक्टिभिटी, स्पीकर जस्ता फिचर दिइएको छ । ओलाका स्कुटर नेपाली बजारमा समेत उपलब्ध छन् ।
बुटवल – रुपन्देही र कपिलवस्तु जिल्लाका केही स्थानमा सुन्दर यातायातका...
काठमाडौं– फोटोनको इलेक्ट्रिक प्यासेन्जर भ्यान नेपाल आएको छ । नेपालका लागि...
अमेरिकी अटोमोबाइल निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले आफ्नो क्रुज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...