ओलाद्वारा एस१ एक्स रेन्जका नयाँ इलेक्ट्रिक स्कुटर लन्च

ओला इलेक्ट्रिकले भारतमा एस१ एक्स रेन्जका इलेक्ट्रिक स्क्ुटर लन्च गरेको छ । सो स्कुटर एस१ एक्स अन्तर्गत २ किलोवाट र ३ किलोवाट तथा एस१ एक्स प्लस गरी तीन भेरिएन्टमा सार्वजनिक गरिएको हो ।

यो भन्दा पहिले देखि नै उपलब्ध ओला एस१ प्रो मोडल पनि अपडेट गरिएको छ र यसलाई नयाँ जेनेरेसन प्लेटफर्मका साथ ल्याइएको छ । त्यसैगरी अर्को एस१ एयर समेत बजारमा उपलब्ध छ । यस अनुसार अब ओलाका सबै गरी ५ भेरिएन्ट उपलब्ध हुनेछन् ।

हाल लन्च गरिएको २ किलोवाट आवरको एस१ एक्सको मूल्य ७९ हजार ९९९ र ३ किलोवाट आवरको एस१ एक्सको मूल्य ८९ हजार ९९९, एस१ एक्स प्लसको मूल्य ९९ हजार ९९९ तथा एस१ प्रोको मूल्य १ लाख ४७ हजार ४९९ भारु तोकिएको छ । आगामी अगस्त २१ सम्मका लागि सो मूल्य कायम गरिएको हो । त्यसपछि १० हजार भारु बढ्ने छ ।

नयाँ प्लेटफर्मको साथमा एस१ प्रोमा ११ किलोवाटको मोटर दिइएको छ । अहिले यसको रेन्ज १८१ किलोमिटरबाट १९५ किलोमिटर पुगेको छ । यसको टप स्पिड अहिले १२० किमी प्रतिघन्टा छ र यसले २.२ सेकेन्डमा ०–४० किमी प्रतिघन्टा दुरी तय गर्छ।

ओला एस१ एक्स प्लसले ६ किलोवाटको पावर जेनेरेट गर्छ। यो इलेक्ट्रिक स्कुटरले १५१ किलोमिटरको रेन्ज प्रदान गर्ने र ९० किलोमिटर प्रति घन्टाको टप स्पिड रहेको कम्पनीको दाबी छ । यसले मात्र ३.३ सेकेन्डमा ०–४० किमी प्रतिघण्टाको गति बढाउँछ।

ओला एस१ एक्स प्लस ४ किलोवाट आवर ब्याट्रीको साथ आउँछ, जबकि एस१ एक्समा २ र ३ किलोवाट आवरको ब्याट्री अप्सन छ । योसँगै ओला इलेक्ट्रिकले नयाँ प्लेटफर्म लन्च गरेको छ र कम्पनीको एस१ एयर पनि यही प्लेटफर्ममा निर्माण गरिएको छ ।

ओला इलेक्ट्रिकले नयाँ प्लेटफर्मले कार्यसम्पादनमा ३० प्रतिशत सुधार, थर्मल कार्यसम्पादनमा २५ प्रतिशत सुधार र लागतमा २५ प्रतिशत कमी ल्याएको दाबी गरेको छ । यसमा ११ प्रतिशत कम पार्ट्स, ७ प्रतिशत कम बिजुली खपत र ६ प्रतिशत वजन कम छ। अर्कोतर्फ ओला इलेक्ट्रिकले कम्पनीको एस१ एयरको बुकिङ ५० हजार नाघेको जनाएको छ । यसका साथसाथै ओला इलेक्ट्रिकले भविष्यमा लन्च हुने आफ्ना आगामी इलेक्ट्रिक बाइकहरू पनि प्रदर्शन गरेको छ ।

सम्बन्धित समाचारहरू

जिकर एक्सले पायो युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ

जिकर एक्सले पायो युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ

चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरको जिकर एक्स ईभीले हालै २०२४ युरो...

अल्ट्राभायोलेटले ल्यायो फुल चार्जमा १६५ किलोमिटर रेन्ज दिने नयाँ अफ-रोड बाइक

अल्ट्राभायोलेटले ल्यायो फुल चार्जमा १६५ किलोमिटर रेन्ज दिने नयाँ अफ-रोड बाइक

अल्ट्राभायोलेट अटोमोटिभले शकवेभ नामक आफ्नो नयाँ अफ-रोड एन्ड्युरो बाइक...

सेरेसको नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम नक्सालमा

सेरेसको नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम नक्सालमा

काठमाडौं– सेरेस इभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...