ओकिनावा स्कुटरमा आगालागी हुँदा सोरुम जलेर नष्ट, सुरक्षालाई लिएर बढ्यो चिन्ता

भारतमा इलेक्ट्रिक स्कुटरमा आगालागी हुने घटना एकपछि अर्को बढिरहेको छ । केही समय पहिले ओला र प्योर इभीमा अगालागी भएको घटना सेलाउन नपाउँदै ओकिनावा स्कुटरमा समेत अगालागी भएको घटना सार्बजनिक भएको छ । उक्त स्कुटरमा आगालागी भएपछि तमिलनाडुस्थित शोरुम जलेर पूर्ण नष्ट भएको छ ।

शोरुम अगाडी पार्किङ गरेर राखिएको स्कुटरमा आगालागी भएपछि त्यसको असर सोरुमसम्म पुगेको डिलर संचालकले बताएका छन् । उक्त दुर्घटनामा कुनै मानविय क्षती नभएपनि शोरुममा भने पूर्ण क्षती पुगेको हो । शोरुममा कति स्कुटर थिए र यसले कति क्षति पुर्यायो भन्नेवारे यकिन तथ्यांक भने आइसकेको छैन ।

इलेक्ट्रिक स्कुटरमा एकपछि अर्को आगालागिको घटना बढ्दै जान थालेपछि ग्राहकहरुले धमाधम यस्ता स्कुटर डिलरहरुलाई फिर्ता गर्न थालेको बताइएको छ । यसरी दुर्घटना हुनुमा कमसल गुणस्तरको व्याट्री प्रमुख कारण रहेको प्रारम्भिक अध्यानहरुले देखाएको छ । इलेक्ट्रिक सवारीसाधनको विश्वव्यापी प्रभाव बढ्दै गैरहेको समयमा यसरी अगालागीको घटना थपिँदै जाँदा यस्ता साधनको सुरक्षलाई लिएर चिन्ता बढ्न थालेको छ ।

सम्बन्धित समाचारहरू

सुन्दर यातायातले ल्यायो अर्को इलेक्ट्रिक स्कुटर, कुलमानले गरे सार्वजनिक

सुन्दर यातायातले ल्यायो अर्को इलेक्ट्रिक स्कुटर, कुलमानले गरे सार्वजनिक

काठमाडौं – सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो...

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

काठमाडौं – नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ...

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...