टेस्ला ईभीमा पहिलोपटक अफरको ओइरो, बिक्री बढाउनुपर्ने दवावमा कम्पनी

टेस्लाले अमेरिकामा विभिन्न छुट र अफरहरूको प्याकेज ल्याएको छ । लगातार दोस्रो वर्ष पनि बिक्री घट्ने अवस्थाबाट बच्न टेस्लाले अफरको ओइरो नै ल्याएको हो ।

टेस्लाले मोडल वाई स्ट्यान्डर्डको खरिदमा ७२ महिनासम्मका लागि ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा दिइरहेको छ । साथै, उसले आफ्नो वेबसाइटमा कुनै अग्रिम भुक्तानी बिना नै मोडल वाई भाडामा लिन सकिने विकल्पको पनि विज्ञापन गरिरहेको छ ।

खरिदकर्ताहरूले आफ्नो पेट्रोल वा डिजेल गाडी साटेर २ हजार माइलको निःशुल्क सुपरचार्जिङ सुविधा पाउन सक्छन् । साथै, टेस्लाले मौज्दातमा रहेका गाडीहरूमा १५ सय डलरसम्म पर्ने प्रिमियम पेन्ट, टो हिच र १९ इन्चको नोभा ह्विल जस्ता अपग्रेडहरू निःशुल्क प्रदान गरिरहेको छ ।

टेस्लाले प्रायः वर्षको अन्त्यमा थप सहुलियतहरू दिने गर्छ । तर, यसपटक सन् २०२४ मा पहिलोपटक वार्षिक बिक्रीमा गिरावट आएपछि कम्पनी अर्को वर्ष पनि बिक्री घट्ने अवस्था आउन नदिन हतारिरहेको छ ।

सेप्टेम्बर महिनामा ट्रम्प प्रशासनले नयाँ विद्युतीय सवारीका लागि दिइँदै आएको ७५ सय डलरको कर छुट (ट्याक्स क्रेडिट) खारेज गरेपछि टेस्लाले अमेरिकामा पनि ठूलो अवरोधको सामना गरिरहेको छ । एक तथ्यांकअनुसार, कर छुट हटेपछि सेप्टेम्बर र अक्टोबरको बीचमा अमेरिकामा टेस्लाको बिक्री ३५ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचारहरू

टेस्ला र भिनफास्टले १५ अगस्टमा भारतीय अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने

टेस्ला र भिनफास्टले १५ अगस्टमा भारतीय अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने

१५ जुलाई २०२५ भारतको इलेक्ट्रिक सवारी साधन उद्योगका लागि ऐतिहासिक दिन...

बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन...

टेस्लाको कार खरिदमा शून्य प्रतिशत ब्याज र लाइफटाइम निःशुल्क चार्जिङको व्यवस्था

टेस्लाको कार खरिदमा शून्य प्रतिशत ब्याज र लाइफटाइम निःशुल्क चार्जिङको व्यवस्था

एलोन मस्कको कम्पनी टेस्लाले अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ, जसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...