दिपलको नयाँ शोरुम अब भक्तपुरमा
भक्तपुर – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु...
नेपालमा हाल पुराना स्टकका इलेक्ट्रिक स्कुटरहरूमा भारी छुट र आकर्षक अफर दिने चलन बढ्दो छ । यस्ता अफरले ग्राहकहरूलाई लोभ्याउने गरे पनि, पुराना स्टकका स्कुटर खरिद गर्दा केही महत्वपूर्ण कुराहरूमा सतर्कता अपनाउन आवश्यक छ ।
ब्याट्रीको अवस्था
इलेक्ट्रिक स्कुटरको सबैभन्दा महत्वपूर्ण भाग यसको ब्याट्री हो । पुराना स्टकका स्कुटरमा, लामो समयसम्म प्रयोग नगरिएको वा चार्ज नगरेको अवस्थामा ब्याट्रीको क्षमता कमजोर भइसकेको हुनसक्छ । यस्तो ब्याट्रिमा अपेक्षित रेन्ज नपाइने अर्थात समयमा चार्ज हुन नसक्ने अवस्था आउन सक्छ ।
अन्य कम्पोनेन्टहरूको अवस्था
लामो समयसम्म स्टकमा राखिएका स्कुटरका अन्य भागहरूमा पनि असर पर्न सक्छ । समय बित्दै गर्दा टायरको ग्रिप कमजोर हुनसक्छ वा यसको गुणस्तर खस्केको पनि हुनसक्छ । ब्रेक सिस्टमले राम्रोसँग काम नगर्ने सम्भावना र मोटर तथा इलेक्ट्रिकल पार्ट्स लामो समय प्रयोगमा नआउँदा बिग्रन सक्ने संभावना हुन्छ ।
निर्माण मिति
ग्राहकहरूले स्कुटरको निर्माण मिति अनिवार्य रूपमा जाँच गर्नुपर्छ । निर्माण मितिले स्कुटर कति पुरानो हो भन्ने स्पष्ट संकेत दिन्छ । पुरानो उत्पादन मिति भएका स्कुटरहरू नयाँ स्कुटरको तुलनामा कम गुणस्तरका र कम प्रभावकारी हुन्छन् ।
दर्ता नम्बर
नेपालमा स्कुटरको दर्ता नम्बरबाट पनि यसको उत्पादन लट पत्ता लगाउन सकिन्छ । पछिल्लो लटको स्कुटर किन्दा त्यस्ता स्कुटरहरूमा प्राविधिक सुधार र नयाँ विशेषताहरू समावेश हुने सम्भावना अधिक हुन्छ ।
बजार अध्ययन गर्नुहोस
बजारमा अहिले धेरै राम्रो र भरपर्दा ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू उपलब्ध छन् । कुनै पनि स्कुटर खरिद गर्नु अघि बजारमा उपलब्ध विकल्पहरूको राम्रोसँग तुलना गर्नुपर्छ् । इन्टरनेटमा खोजी गरेर र ग्राहकको प्रतिक्रिया पनि जाँच गर्न सकिन्छ ।
विक्रेता र वारेन्टी नीतिहरू बुझ्नुहोस्
स्कुटर खरिद गर्दा विक्रेतासँग वारेन्टी, मर्मत सेवा, र स्पेयर पार्टस् उपलब्धताको विषयमा स्पष्ट जानकारी लिनुहोस् ।
टेस्ट राइड अनिवार्य गर्नुहोस्
स्कुटर खरिद गर्नु अघि यसको परफरमेन्स बुझ्नका लागि टेस्ट राइड गर्नु महत्वपूर्ण हुन्छ । यसले स्कुटरको गति, पावर, र कम्फर्टको अनुभव दिन्छ । सकेसम्म नजिकको उकालो बाटोमा २ जना चढेर टेस्ट राइड गर्दा झनै राम्रो हुन्छ ।
नयाँ मोडेलका पछिल्ला स्टक मात्र खरिद गर्नुहोस्
पुरानो स्टकको सट्टा नयाँ र पछिल्ला स्कुटर खरिद गर्नु उत्तम हुन्छ । नयाँ मोडेलहरूमा उन्नत प्रविधि, उत्कृष्ट डिजाइन, र लामो समयसम्म टिक्ने गुणस्तर पाइन्छ ।
पुराना स्टकमा आकर्षक छुटको अफरमा लोभिनु अघि, दीर्घकालीन उपयोगिता र गुणस्तरलाई ध्यानमा राखेर निर्णय लिनु पर्छ । सतर्कता अपनाएर, गुणस्तरीय स्कुटर छनोट गर्दा मात्र तपाईंको लगानीले उचित प्रतिफल दिनेछ ।
भक्तपुर – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु...
चालु आर्थिक वर्षको तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका...
नेपालगञ्ज – नेपालगञ्जमा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...