कम उचाइका राइडरलाई लक्षित गर्दै कावासाकीले ल्यायो नयाँ केएलएक्स २३० एस, मूल्य पनि परिमार्जित
कावासाकीले सन् २०२७ का लागि आफ्नो लोकप्रिय अफरोड मोटरसाइकल केएलएक्स २३०...
सिजिकले आफ्नो एपको संस्करण २६.४ मा एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि विशेष मोटरबाइक मोड पेश गरेको छ। यसअघि मोटरसाइकलका डिस्प्लेमा कारका जस्तै सामान्य इन्टरफेस मात्र देखिने गर्थ्यो। नयाँ अपडेटसँगै मोटरसाइकलमा पनि अब विशेष इन्टरफेस उपलब्ध हुने भएको छ, जसले यात्रा अनुभवलाई अझ सहज, सुरक्षित र रमाइलो बनाउने अपेक्षा गरिएको छ।
नयाँ मोटरबाइक मोडमा मोटरसाइकलका लागि उपयोगी हुने अनेक सुविधा समावेश गरिएको छ। यसले घुमाउरा सडकलाई प्राथमिकता दिने रुटिङ, सडकको उचाइ र टेरेन प्रोफाइल, गन्तव्य स्थानको मौसम पूर्वानुमान, नजिकै रहेका पेट्रोल पम्पको जानकारी र सम्भावित दुर्घटना वा जोखिमयुक्त स्थानबारे भिजुअल चेतावनी पनि प्रदान गर्छ।
सो फिचर फ्याक्ट्री फिटेड एप्पल कारप्ले वा एन्ड्रोइड अटोको सुविधा भएका मोटरसाइकलमा प्रयोग गर्न सकिनेछ। हाल होन्डा गोल्ड विङ, होन्डा अफ्रिका ट्विन र हार्ले डेभिडसनका केही टुरिङ मोडलमा यसको सुविधा रहेको छ । त्यस्तै, पुराना मोटरसाइकलमा आफ्टरमार्केट एप्पल कारप्ले वा एन्ड्रोइड अटो डिस्प्ले जडान गरेका प्रयोगकर्ताले पनि सो सुविधाको लाभ लिन सक्नेछन्।
यद्यपि भारतमा अहिले पनि फ्याक्ट्री फिटेडबाट एप्पल कारप्ले वा एन्ड्रोइड अटोको सुविधा भएका मोटरसाइकलको संख्या सीमित भएकाले प्रारम्भिक चरणमा यसको सबैभन्दा बढी लाभ प्रिमियम टुरिङ बाइक प्रयोगकर्ताले पाउने सम्भावना छ। तर पछिल्ला वर्षहरूमा आफ्टरमार्केट स्मार्ट डिस्प्लेको प्रयोग बढ्दै गएकाले भविष्यमा यो सुविधा धेरै मोटरसाइकल सवारसम्म पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार मोटरबाइक मोडमा दिइने भ्वाइसमार्फत डायरेक्शन बाइकको स्पिकर वा कनेक्टेड हेलमेटमा सुन्न सकिन्छ। यसले उच्च गतिमा हावाको आवाजबीच पनि स्पष्ट निर्देशन प्राप्त गर्न सहयोग पुर्याउनेछ। साथै टेरेन डेटा, मौसमसम्बन्धी जानकारी र जोखिम चेतावनीले लामो दूरीको यात्रा अझ सुरक्षित र व्यवस्थित बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...