सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट : अझै भएन व्यवस्थित

काठमाडौं – सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको कार्य प्रभावकारी रुपमा हुन सकेको छैन । यातायात व्यवस्था विभागले यस सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको भए तापनि तोकिएको लक्ष्य अनुसार सबै प्रदेशमा कार्य अगाडि बढ्न सकेको छैन ।

सूचना अनुसार गत मंसिर १ देखि नयाँ दर्ता हुने, फागुनबाट नामसारी गरिने र जेठ १ देखि नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने बताइएको थियो । तर अहिलेसम्म मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू भएको छैन ।

अहिले गण्डकीको पोखरा र लुम्बिनीको बुटवलमा जडान कार्य अघि बढाइएको विभागले जनाएको छ । यद्यपि यातायात व्यवस्था विभागका महानिर्देशक घिमिरेका अनुसार प्राविधिक तयारी नपुग्दा समस्या भएको हो । उनका अनुसार पोखराबाट जडान सुरु गरिएको भए पनि फुल स्पिडमा काम हुन सकेको छैन,भने छिट्टै नै वाग्मती प्रदेशको हेटौंडाबाट वितरण थाल्ने तयारी भइरहेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान वापत उठ्ने राजस्वको वारेमा प्रदेश सरकार र यातायात व्यवस्था विभागका बीचमा समन्वयकारी भूमिकाको वारेमा व्यवस्था गर्नका लागि केही समय लागेको बुझिएको छ । यसको राजस्व प्रदेश सरकारकै खातामा जम्मा हुने गरी अर्थ मन्त्रालयमा आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ ।

कर्णाली र सुदूरपश्चिममा नम्बर प्लेट पठाइएको छैन भने मधेश प्रदेशको नाम ढिलो टुंगिएकाले सूचनामै उल्लेख नभएकाले त्यहाँ पनि पठाइएको छैन । यो वर्ष भने इम्बोस्ड नम्बर प्लेट जडानको कार्यलाई तीव्र पारिने र यसका लागि थानकोटलगायत विभिन्न स्थानमा सो प्लेट रिड गर्ने आरएफआईडी गेट जडान गरिने महानिर्देशक घिमिरेले बताए ।

सम्बन्धित समाचारहरू

गोरखकाली रबर उद्योग : के फेरि सञ्चालनमा आउला ?

गोरखकाली रबर उद्योग : के फेरि सञ्चालनमा आउला ?

काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...

कम्वसन गाडीको तुलनमा ईभीको टायर छिटो खिइने र निकै महंगो पर्ने

कम्वसन गाडीको तुलनमा ईभीको टायर छिटो खिइने र निकै महंगो पर्ने

विद्युतीय कारका टायरहरू परम्परागत कम्वसन इन्जिनयुक्त सवारी साधनहरूको...

विश्वमै चर्चित छन् भारतका यी चार टायर ब्रान्डहरु

विश्वमै चर्चित छन् भारतका यी चार टायर ब्रान्डहरु

हालै सार्वजनिक भएको टायर बिजनेसको ग्लोबल टायर रिपोर्ट अनुसार ४ भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...