ड्राइभिङको लागि नर्वे संसारकै सबैभन्दा सुरक्षित, दक्षिण अफ्रिका सबैभन्दा खतरनाक

दक्षिण अफ्रिकालाई विश्वको सबैभन्दा खतरनाक देश घोषित गरिएको छ जहाँ ड्राइभिङ सबैभन्दा जोखिमपूर्ण मानिन्छ। यो प्रतिवेदन एक अमेरिकी ड्राइभर ट्रेनिङ कम्पनी जुटोबी डटकमले ५३ देशमा गरेको अनुसन्धानको आधारमा तयार गरेको हो। सबैभन्दा खतरनाक देशको सूचीमा भारत ४९ औं स्थानमा छ, जुन तलबाट पाँचौं स्थान हो। अमेरिका ५१ औं स्थानमा रहेको छ, जसले गर्दा अमेरिका गाडी चलाउनका लागि तेस्रो सबैभन्दा खतरनाक देश बनेको छ।

लगातार चौथो वर्ष नर्वे विश्वको सबैभन्दा सुरक्षित देश घोषित भएको छ जहाँ गाडी चलाउन सबैभन्दा सुरक्षित मानिन्छ। त्यस्तै, दक्षिण अफ्रिकाले पनि लगातार दोस्रो वर्ष सबैभन्दा खतरनाक देशको स्थान कायम राखेको छ। यसरी सुरक्षित मानिएका ५२ देशहरुको सूची छ, जसमा नेपाल भने परेको छैन ।

जुटोबीले दिएको जानकारी अनुसार, मोटरवे गति सीमा, चालकको लागि रगतमा मदिरा सेवनको सीमा र सडक ट्राफिक मृत्यु दर जस्ता विभिन्न सूचकलाई आधार मानी विश्वका सबैभन्दा सुरक्षित र खतरनाक देशको विश्लेषण गरिएको हो। गत वर्ष प्रति १ लाख मानिसमा अनुमानित सडक ट्राफिक मृत्यु दर ८.९ बाट घटेर ६.३ पुगेको छ भने राष्ट्रिय गति सीमा र रगतमा मदिराको सीमा भने लगभग अपरिवर्तित नै रहेको छ ।

यद्यपि दक्षिण अफ्रिकामा कडा कानून भए पनि ट्राफिक अधिकारीको भ्रष्टाचारका कारण ती नियमको प्रभावकारी पालना हुँदैन। यहाँ परीक्षण स्टेशनमा सवारी साधनको सडक योग्य इजाजतपत्र व्यवस्थापन गर्ने कम्पनीमा काम गर्ने अलिशा चिन्हाका अनुसार, ट्राफिक नियम उल्लंघन र घुस लिने प्रवृत्ति यहाँ सामान्य छलफलको विषय बनेको छ।

सम्बन्धित समाचारहरू

निर्जीवन बिमा व्यवसायमा मोटर बिमाको हिस्सा सर्बाधिक, यसकारण बढ्यो हिस्सा

निर्जीवन बिमा व्यवसायमा मोटर बिमाको हिस्सा सर्बाधिक, यसकारण बढ्यो हिस्सा

काठमाडौं – नेपालको निर्जीवन बिमा व्यवसायमा सबैभन्दा बढी हिस्सा मोटर...

ब्रेक र एक्सिलेटरमा खुट्टा कसरी राख्ने ?

ब्रेक र एक्सिलेटरमा खुट्टा कसरी राख्ने ?

ड्राइभिङ सिक्नु आजकल धेरै सजिलो भएको छ । कुनै पनि ड्राइभिङ स्कुल वा...

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...