२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर बजारले फेस्टिभल सिजनमा समेत गति लिन सकिरहेको छैन । वर्षभरी बिक्री हुने कुल संख्याको ४० प्रतिशत हाराहारी ओगट्ने मुख्य सिजन नै प्रभावित वनेपछि अहिले विभिन्न कम्पनीहरुले कम रकम भुक्तानी गरेरै खरिद गर्न सकिने स्किम ल्याइरहेका छन् । उक्त स्किम समेत प्रभावकारी भैरहेको पाइदैन ।

बजारमा अहिले बजाज र टीभीएसले २५ प्रतिशत डाउनपेमेन्ट गरेरै मोटरसाइकल तथा स्कुटर खरिद गर्न पाउने स्किम चलाइरहेका छन् । ३ लाख रुपैयाँ पर्ने मोटरसाइकललाई जम्मा ७५ हजार रकम भुक्तानी गरेर वाँकी रकमलाई २ वर्षसम्मको सरल किस्तावन्दिमा खरिद गर्न पाउने स्किम आएपनि यस्ता साधन खरिद गर्न ग्राहक भने तयार नदेखिएका हुन् ।

अघिल्ला वर्षहरुको यही सिजनमा बिक्री भएका मोटरसाइकल तथा स्कुटरको तुलनामा यो वर्ष २५ प्रतिशत हाराहारी मात्र यस्ता साधन बिक्री भएको कम्पनीहरुले बताएका छन् । एक आयातकर्ता कम्पनीको प्रतिनिधिले यो वर्षको फेस्टिभल सिजन निकै नराम्रोसँग प्रभावित वनेको नेपाल अटोलाई बताए । उनका अनुसार अहिले टु ह्विलरको बजार निरन्तर ओरालो लाग्दै गैरहेको छ ।

‘एकातर्फ १५० सीसी माथिका मोटरसाइकलको आयातमा प्रतिवन्ध लाग्दै आइरहेको छ भने प्रतिवन्धले नछोएका बाइक तथा स्कुटरको माग पनि बढ्न सकिरहेको छैन । यस्तो अवस्थाले टु ह्विलरको बजारमा चरम मन्दी शुरु भएको संकेत गरिरहेको छ । यो अवस्था कहिलेसम्म लम्विने हो भनेर समेत यकिन गर्न सकिने अबस्था छैन’ उनले भने ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुने बजाजका अधिकांश मोडल स्वदेशमै एसेम्वल भैरहेका कारण यो व्रान्डलाई प्रतिवन्धले कुनै प्रभाव परेको छैन । यसको ४०० सीसी क्षमता सम्मको डोमिनार समेत नेपालमै एसेम्वल भैरहेको छ । तर अहिले मन्दीका कारण यो ब्रान्डको बजार समेत प्रभावित वनिरहेको छ । अघिल्ला वर्षहरुको यही सिजनमा दैनिक १० वटासम्म मोटरसाइकल बिक्री गर्दै आइरहेकोमा यो वर्ष दैनिक २ वटा समेत विक्री गर्न कठिन भैरहेको एक डिलर संचालकले बताए ।

उनले भने, ‘अहिले शोरुममा आउने ग्राहकको संख्या नै कम छ । अघिल्ला वर्षहरुको यही सिजनमा ग्राहकको भीडभाड नै लाग्ने शोरुममा यसपाली फाट्टफुट्टमात्र ग्राहक आइरहेका छन् । ग्राहकसँग पैसा नभएर पो बिक्री कम भएको हो कि भनेर कम्पनीले २५ प्रतिशत डाउनपेमेन्टको स्किम ल्याए पनि सो समेत प्रभावकारी भैरहेको छैन ।’ बिक्री घट्दा व्यावसाय कसरी संचालन गर्ने भन्ने चिन्ता बढ्न थालेको उनले बताए ।

बजाजको जस्तै अवस्था टीभीएस, होन्डा, हिरो र यामाहामा समेत रहेको यी कम्पनीका प्रतिनिधिहरुको भनाइ छ । टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैंमा सोचे अनुसारको एक चौथाई पनि व्यापार गर्न नसकेपछि दशैं सकिए लगत्तै अहिले महा एक्सचेन्ज मेला आयोजना गरिरहेको छ । उक्त मेलामा दशैं अफर अन्तर्गत प्रदान गरिँदै आएको सुविधालाई निरन्तरता कायम गर्दै केही अतिरिक्त सुविधा समेत दिइए पनि मेला स्थलमा अन्य अवस्था जस्तो रौनकता छैन ।

‘मेला स्थलमा ग्राहकको आकर्षण वढ्न सकिरहेको छैन’ भृकुटीमन्डपस्थित मेला स्थलमा भेटिएका एक प्रतिनिधिले यस्तो हुनुमा ग्राहक तत्कालै नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न तयार नभएको संकेत दिएको बताए । टीभीएसले पनि २५ प्रतिशत डाउनमेमेन्टमै मोटरसाइकल तथा स्कुटर खरिद गर्न पाउने अफर ल्याएको छ ।

अहिले शून्य प्रतिशत डाउनपेमेन्टकै अफर गरेपनि ग्राहकले नयाँ मोटरसाइकल र स्कुटर खरिद गरिहाल्लान् भन्ने आफूलाई नलागेको ती प्रतिनिधिको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

प्रतीक्षा सकिएको छ र यामाहाको नयाँ बाइक आर७ अन्तर्राष्ट्रिय बजारमा लन्च...

टीभीएसले ल्यायो ‘कायापलट’ अफर : नकिन्दै १ लाख, किने पछि १० लाख

टीभीएसले ल्यायो ‘कायापलट’ अफर : नकिन्दै १ लाख, किने पछि १० लाख

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

टीभीएसको पहिलो एड्भेन्चर बाइक अपाचे आरटीएक्स लन्च

टीभीएसको पहिलो एड्भेन्चर बाइक अपाचे आरटीएक्स लन्च

टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल अपाचे आरटीएक्स लन्च गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...